Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, October 15, 2015

गैरकानुनी हुनुको पिडाः स्वास्थ्यमा बढी


                गैरकानुनीरुपमा बस्नेहरुलाई अश्वस्थ हुँदा उपचार गराउन ठुलो समस्या आउने गरेका छन। ज्यान रहे त सबै रह्न्छ, आँफै नरहे के रहला? उनिहरुको भित्री पिडा दु:खदायी छ। “बाहिर बसेर महिनाको १ लाख त कमाए तर जब बाथरुममा लडेर कानमा गहिरो चोट लाग्दा गैरकानुनी भई बसेकोमा पछुतो लाग्दै छ” रुकुमका २३ बर्षिय शुरेस खत्रीलाई| उनि उपचारको लागि निजि अस्पताल त गए तर चर्को शुल्कका कारण फर्किए।
               गैरकानुनीरुपमा बसेकाले सरकारी अस्पातलमा एक्लै जाने हिम्मत भएन। नेपाली समाजका स्थानीय अगुवा नबराज पराजुलीको सहायतामा सरकारी अस्पताल आदान लगेर निकै दौडदुप र भनसुन पछी खत्रीको चिरिएको कानको सिलाई त भयो तर डाक्टरको सल्लाह अनुसार एडमिट गर्न सकिएन । करिव ४ बर्ष पहिला अल सामसिया कम्पनीमा लेबर भिषामा आएका सुरेशले ‘३ वर्ष काम गरे पश्चात घर जान खोज्दा कम्पनीले पासपोर्ट नदिए पछि कम्पनी छोडेका हुन  ।
              यस्तै चार बर्स देखि कुवेतलाइ कर्म थलो बनाएका चितवन माडी -३ का सुर्य बहादुर दर्जीको कथा अझै दर्दनाक छ। प्लास्टिक इन्डस्ट्रीयल कम्पनिमा दुई साल काम गरि बिगत २ बर्ष देखि कम्पनि बाहिर अबैधरुपमा काम गरिरहेका उनी रोगले थलिएका छन । थाहै नपाई कमजोर भएको शरीरलाई रोगले च्यापी सकेको उनले थाहै पाएनन । दर्जी २८ सेप्टेम्बर २०१५ का दिन देखि काम गर्न नसकेपछी उनी हस्पिटलमा उपचारको लागि पुगेका हुन । उनलाइ चिनिरोग (मधुमेह) र एपेंडिस रोग लागेको रहेछ । उपचार गर्ने क्रममा चार ओटा निजि हस्पिटल सम्म पुग्दा डाकटरहरुले उपचार गर्न सक्दैनौँ भने । उपचार गरे पनि अती महगो पर्ने भो । उनी अहिले पाचौ प्राइभेट हस्पिटल महाबुल्ला स्थित अल-अलियामा भर्ना भए।
             चर्को शुल्क तिरेर उपचार गरेपनि सन्चो नहुदा अस्पातालले डिस्चार्ज गरेका दर्जी एनआरएन कुवैतको पहलमा नेपाली दुतावास कुवैत पुगे। दुताबास पुगेर नेपाल जाने अस्थाइ रहदानी त बनाए तर व्यथा निकै बढेकोको मध्यपशिचमा सेब समाजका अध्यक्ष गणेश रावतको सहायतामा सरकारी अस्पताल फर्वानियामा उपचार गर्न गए । उनी अहिले पुरानै कम्पनीमा गएका छन ।
             खत्री र दर्जी जस्तै कुवैतमा भागेर काम गर्नेहरुको सख्या कुवेतमा धेरै छ। कुवेतमा ग़ैरक़ानूनी हुनुमा सबैका आ-आफ्नै समस्याहरु होलान र छन । ग़ैरक़ानूनी भएर बस्दाका पिडा ब्यथाका भोगाइ जे जस्ता भएपनी गैर कानुनी हुन कसैले चाहेको हुँदैन। तर बिभिन्न परिबेशले गैरकानुनी भएकाहरुलाई सबै भन्दा अप्ठेरो शरीरलाई बिसन्चो अनी चोटपटक लाग्दा हुने गर्दछ । यहाँका निजि अस्पतालहरुको उपचार शुल्क सबैको पहुचमा हुदैन । सरकारीमा गैरकानुनीरुपमा रहेकाहरुलाई सिभिल आइडी(यहाको सरकारले भिसा अबधी भरका लागि प्रदान गर्ने कार्ड) बिना उपचार गर्न मिल्दैन र मान्दैन पनि । यदी अतिनै चिन्ताजनकलाई भने अस्पातलले भर्ना लिन्छ तर प्रहरीलाई बोलाएर कानुनी प्रकृयाका लागि पहल गर्छ। अबैधानिकलाई उपचार पस्चात कानुन लाग्छ। कम्पनी भन्दा बाहिर काम गरेर पैसा त कमाउन सकिन्छ तर आफै अस्वथ हुदा यहाँ उपचार गराउन निकै कठिनाई भोग्नु पर्दछ । तसर्थ गैरकानुनी हुनुभन्दा पहिला कुनै पनि समस्याको कानुनी उपचार खोजौं । कम्पनी वा घरमा काम गर्नेहरुले भागेर बस्नु भन्दा पनि आफूलाई आईपरेका समस्याहरु सम्बन्धित निकायमा पुर्याउनें कोशिस गरौ ।