Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, October 3, 2015

चीन र बंगलादेशबाट इन्धन ल्याउन असम्भव

भारतबाहेक अन्य मुलुकबाट तेल आयात गर्नको लागि सरकारले हालसम्म कुनै निर्णय गरेको छैन। अहिले भारतबाहेक अन्य देशबाट तेल आयात गर्नको लागि नेपाल आयल निगमले सरकारको नीतिगत निर्णय कुरिरहेको छ। 
 
सरकारले भारतबाहेक अन्य देशबाट तेल आयात गर्ने कुनै निर्णय नगरेका कारण आयल निगमले कुन देशबाट तेल आयात गर्ने भन्ने बारेमा पनि हालसम्म कुनै टुङ्गो लगाउन सकेको छैन।  आयल निगमका प्रवक्ता दिपक बरालले भने ‘भारतबाहेक अन्य मुलुकबाट तेल आयात गर्नको लागि नीतिगत निर्णय हालसम्म भएको छैन, निर्णय भएपछि देश छनौट हुनेछ । ’बंगलादेश र चीनबाट तेल आयात गर्ने चर्चा चल्ने गरेको भएपनि हालसम्म यी देशबाट  के कसरी तेल आयात गर्ने भन्ने बारेमा अझै टुङ्गो लाग्न सकेको छैन। 
 
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७१-०७२ मा भारतबाट नेपालले ४ खर्ब ९१ अर्ब ६५ करोड ५९ लाख बराबरको सामान आयात गरेको छ।  यसमध्ये गत आर्थिक वर्ष २०७१-०७२ मा १ खर्ब १० अर्ब ५ करोड ७८ लाख बराबरको पेट्रोलियम पदार्थ नै आयात गरेको थियो। 
 
भारतसँग नेपालले खरिद गर्ने मुख्य वस्तुहरुमध्ये पेट्रोलियम पदार्थ मुख्य हो। यसका लागि नै राष्ट्रले बार्षिक खर्ब भन्दा माथिको रकम खर्चनु परेको छ। नेपालले भारतबाट  स्थलगत मार्ग हुदै ट्यांकरबाट तेल आयात गर्ने गरेको छ। 
 
देशको अर्थतन्त्रलाई नियाल्ने हो भने गत आर्थिक वर्षमा कुल वस्तु व्यापार घाटा ८.७ प्रतिशतले वृद्धि भई  ६ सय १२ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको  वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २८.६ प्रतिशतले बढेको  नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ। 
 
नेपालको ब्यापार घाटा प्रत्येक बर्ष बृद्धि हुने क्रममा रहेको छ। जसको प्रमुख कारण देशबाट निर्यात कम र आयात बढी हुनु हो। यसमध्ये देशले प्रमुख रुपमा तेल नै आयात गर्छ। 
तेलको आयात बापत खर्च हुने रकम प्रत्येक वर्ष वृद्धि हुने गरेको भएपनि गत आर्थिक वर्ष २०७१-०७२ मा भने अन्र्तराष्ट्रिय बजारमा तेलको मूल्यमा आएको कमीका कारण तेल खरिद गरेबापत हुने खर्चमा केहि कमी आएको थियो। 
 
गत आर्थिक वर्ष २०७१-०७२ मा १ खर्ब १० अर्ब ५ करोड ७८ लाख बराबरको पेट्रोलियम पदार्थको आयात गरेको  थियो भने अघिल्लो आर्थिक वर्ष २०७०-०७१ मा नेपालले १ खर्ब ३१ अर्ब ७३ करोड ६५ लाख बराबरको पेट्रोलियम पदार्थको आयात गरेको थियो। 
नेपाल राष्ट्र बैंकका अनुसार भारततर्फ तेल आयातको लागि खर्च हुने रकममा आर्थिक वर्ष २०७०-०७१ को तुलनामा आर्थिक वर्ष २०७१-०७२ मा १६ दशमलव ५ प्रतिशतले कमी आएको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा गिरावट आएका कारण तेलबापत खर्च हुने रकममा समेत कमी आएको  हो। 
तर कुल कुल वस्तु व्यापार घाटा भने आर्थिक वर्ष २०७१-०७२ मा भारतसंग २.५ प्रतिशतले वद्धि भएको  छ। चीनबाट तेल ल्याउने अहिले चर्चा चलिरहेको छ। गत आर्थिक वर्ष २०७१-०७२ मा
 
चीनसंगको ब्यापार घाटा ४२.८ प्रतिशतले बृद्धि भएको थियो। चीनबाट तेल आयात गरेमा यो झनै बढेर जानेछ। 
अन्य मुलुकहरुको बर्गमा पर्ने बंगलादेशबाट पनि अहिले तेल आयात गर्ने चर्चा चलिरहेको छ। अन्य मुलुकसंगको ब्यापार घाटा गत आर्थिक वर्षमा १० प्रतिशतले बढेको थियो । 
चीनबाट तेल आयात गर्ने चर्चा चलेपनि हालसम्म कुनै नीतिगत निर्णय भने भएको छैन। निर्णय भइहालेमा पनि चीनबाट तेल आयात गर्नु त्यति सहज  नभएको आयल निगमका  अधिकारीहरु बताउँछन्। 
 
नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने गाडीहरु भारतमा बनेका गाडीहरु  हुन्। नेपालमा अन्य प्रयोजनका लागि प्रयोग हुने ट्यांकरहरु समेत अधिकांश भारतीय कम्पनीहरु मा नै बन्ने गरेको देखिन्छ। जसका पार्टपुर्जाहरु चीनमा पाउन सम्भव छैन। 
चीन  र नेपालको बिच बाटोमा रहेको तिब्बतीय क्षेत्रमा रहेका अटोमोबाइल्समा नेपालमा रहेका ट्यांकरका पार्टपुर्जा पाइदैनन्। जसले गर्दा बिचमै ट्यांकर बिग्रिए के गर्ने भन्ने पनि ठूलो समस्या रहेको छ । नेपाल र चीनकोबीचमा अटोमोबायल्स सेन्टरको समेत वछ। 
 
मुलुकको तुलनामा चीनमा पेट्रोलियम पदार्थको मूल्य पनि केही महङ्गो छ। चीनमा एक लिटर डिजेलको खुद्रा मूल्य अहिले लगभग ८७ सेन्ट अमेरिकी डलर तोकिएको छ जुन नेपाली ९२ रुपैयाँ बराबर हो। यसरी चीनबाट डिजेल खरिद गर्दा पनि एक लिटरमै ११ रुपैयाँ बढी तिर्नु पर्छ।  त्यसमा थप ढुवानी खर्च जोडेपछि नेपालमा तेल उपलब्ध हुने वास्तविक मूल्य निस्कन्छ।  
 
तर आयल निगम भने चीनबाट तेल आयात भएमा घाटा सहेरै भएपनि अहिले कायम भएकै मूल्यमा तेल बिक्री गर्ने सोचमा रहेको प्रवक्ता बराल बताउँछन्। ‘अहिले पनि हामी घाटा खाएरै पेट्रोलियम पदार्थको बिक्री गरेका छौ भने अब अन्य देशबाट आएपनि घाटा खाएरै तेल बिक्री गर्छाै, तर यो कती समयसम्म सम्भव छ भन्ने मात्रै यहा सोच्नुपर्ने बिषय हो। ’
 
तत्काल चीनबाट तेल आयात भएमा पनि पेट्रोलियम पदार्थको छेलोखेलो हुने गरी उपलब्धता हुन सक्दैन। अन्य मुलुकबाट तेल आयात भएमा अत्यावश्यकिय सेवाका लागि  प्राथकिकता दिने बराल बताउँछन्। 
अहिलेसम्म नेपालले पेट्रोलियम पदार्थ आयात गर्नको लागि भारतसँग मात्रै निर्भर  रहने गरेको छ। हालसम्म अन्य मुुलुकबाट तेल आयात नगरेका कारण पनि  यो चुनौतिपुर्ण समेत देखिन्छ।
बिगतमा चीनबाट केहि मात्रा मात्रै भएपनि तेल आयात गरेको भए अहिले केहि सहज हुने निगमका  बरिष्ठ अधिकारीहरु बताउँछन्। पेट्रोलियम पदार्थ आयातको लागि पाइपलाइन बिस्तार, सडक बिस्तार जस्ता बिषयमा हालसम्म नेपालले कुनै कदम नै अघि बढाउन सकेको छैन।
 
त्यस्तै चीनको नाका हुदै अन्य देशबाट तेल आयात गर्न पनि संभव देखिदैन। अहिले चर्चामा  रहेको तेस्रो मुलुकतर्फको देश बंगलादेशबाट पनि तेल आयात सहज र सस्तो छैन। भारतले आफ्ना नाकाबाट तेलको निर्यातमा प्रतिबन्ध लगाएपछि देशमा तेलको अभाव भएको छ। भारतले अहिले आफ्नो भुमी प्रयोग गरी बंगलादेशलाई  नेपालमा तेल निर्यात गर्न दिन समेत असंभव देखिन्छ। 
 
अहिले बंगलादेशबाट तेल आयात गर्नको लागि बिकल्प भनेको हवाइजहाज मार्फत ल्याउने हो।  भारतबाट स्थलमार्ग प्रयोग गरी देशमा तेल आयात गर्दा ब्यापार घाटा चुलिएको छ भने हवाइजहाजबाट तेल आयात गर्दा देशको अर्थतन्त्रल नै धान्ने स्थिति छैन। 
अत्यावश्यकीय वस्तु तथा सेवा सञ्चालनको लागि अन्य देशबाट तेल आयात गर्न संभव छ  तर यो महंगो पर्न जान्छ। हवाइजहाजबाट देशमा तेल आयात गरि लामो समयसम्म तेल बितरण गर्न असंभव रहेको अर्थबिद डा शंकर शर्माको भनाई छ। 
 
उनले भने ‘भारतबाहेक अन्य देशसंग तेलको ब्यापारको बारेमा सोच्नु फाइदाजनक हो तर बंगलादेशबाट हवाइजहाजमा तेल आयात गरि नेपालमा छेलोखेलो हुनेगरी उपलब्धता गराउन देशको अर्थतन्त्रले धान्न सक्दैन। ’साथै हवाइजहाजबाट तेल आयात गर्नको लागि आइकाओको नियम समेत बाधक हुने शर्माको तर्क छ। सरकारले पहल गरेमा आइकाओको नियममा केहि हेरफेर  हुन सकेमा पनि देशले बंगलादेशबाट हवाइजहाजमा तेल आयात गरि नेपाली जनतालाई उपलब्धता गराउनु असंभव हुने शर्माले बताए। 
 
नेपालमा तेल आयातको लागि तत्काल कुटनीतिक समाधान  खोज्नुपर्ने शर्माको भनाई छ। चीनको ट्रेन नेपालको नाका सम्म आएमा चीनबाट तेल आयात संभव हुने भएपनि अहिले तत्काल यो स्थिति नरहेको उनले बताए।
 
चीनले नेपालको नाकासम्म रेलमार्गको विकास गरेपछि मात्रै चीनबाट नेपालले तेल आयात थाल्नु राम्रो हुने उनले जानकारी दिए। अब नेपालले देशमै पेट्रोलियम पदार्थको खोजी र चीनको नाकासम्मको सडक बिस्तारलाई प्राथमिकतामा राख्नुपर्ने शर्माले बताए। तत्कालको लागी चीनबाट तेल आयात त्यति सहज नभएपनि चीनतर्फको पुर्वाधार निर्मालाई अघि बढाएमा अविष्यमा देशले तेल अभाव खेप्नु नपर्ने शर्माको आँकलन रहेको छ।  
 
 

'प्रेमिका' मार्न घरमै पुगेर गोली हाने

काठमाडौं- प्रेममा पागल भएपछि मान्छेले केसम्म गर्दारहेछ भन्ने बैतडी, देउलेख–४ का २४ वर्षीय भूपेन्द्र कार्कीले बिहीबार चरितार्थ गरिदिए। प्रेमिकाले चार वर्षदेखिको प्रेममा धोका दिएको भन्दै उनको घरमै पुगेर गोली हाने तर पेस्तोलले पनि उनलाई धोका दियो। लगत्तै खुकुरी हान्ने प्रयास गरे तर समयमै प्रहरी पुगेकाले कार्की पक्राउ परे, युवतीको ज्यान जोगियो।
प्रहरीका अनुसार बिहीबार बेलुका बानेश्वर, आलोकनगरस्थित एक घरमा भएको नाटकीय घटना झन्डै गम्भीर अपराधमा परिणत भयो।कार्की त्यस घरका सदस्यसँग पूर्वपरिचित थिए। उनले त्यहाँ पुग्नासाथ गोजीबाट पेस्तोल निकालेर युवतीलाई ताक्दै टि्रगर दबाए।पेस्तोलको पिनले छोए पनि प्राविधिक समस्याले गोली चलेन। पेस्तोलले काम नगरेपछि उनी झोलाबाट खुकुरी निकाल्ने प्रयास गर्दै थिए।कार्कीको व्यवहार देख्नासाथ घरपरिवारका सदस्यले प्रहरी कन्ट्रोलमा फोन गर्न भ्याएकाले खुकुरी हान्नुअघि नै नजिकै रहेको प्रहरीको 'क्विक रेस्पोन्स टिम' त्यहाँ पुगेको थियो। त्यसैले उनले खुकुरी हान्न पाएनन्।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रहरीले कार्कीलाई कार्यालयमा ल्याएर उनीसँग रहेको झोला खोतल्दा कटुवा पेस्तोलसँगै चार राउन्ड गोली, खुकुरी, चक्कु, पेट्रोल भरिएको बोतल अनि नाइलनको डोरी फेला पर्यो । प्रहरीले केरकार गर्दा उनले ती सबै सामग्री युवतीको हत्याकै लागि बोकेको बताए।महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा रहेका युवकमाथि प्रहरीले अवैध हतियार र हत्या प्रयास आरोपमा अनुसन्धान अघि बढाएको छ।

अनुसन्धान अधिकारीका अनुसार युवक र युवती एकै गाविसका हुन्। युवती पढ्ने स्कुलको लेखापाल रहेका कार्की ती युवतीलाई औधि मन पराउँदारहेछन्। चार वर्षदेखि दुवैबीच राम्रो सम्बन्ध थियो।

विद्यालय शिक्षा सकाएर युवती ६ महिनाअघि कलेज पढ्न काठमाडौं आएपछि कार्कीको व्यवहार फेरियो। कार्कीले काठमाडौंमै आएर ती युवतीलाई आफूसँगै जान दबाब दिन थाले।घरमा आएर सधैँ बबाल गरेको भन्दै युवतीका आफन्तले प्रहरीलाई खबर गरेपछि गत असारमै कार्की पक्राउ परेका थिए। बानेश्वर प्रहरीले सार्वजनिक अपराध मुद्दा प्रक्रिया पनि अगाडि बढाएको थियो।'असारमा उनले घरमा गएर विवाद गरेपछि प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक अपराधमा हिरासतमा राखेको थियो,' बानेश्वर वृत्तका डिएसपी दानबहादुर कार्कीले नागरिकसँग भने, 'दुवैतिरका परिवारका सदस्यबीच मिलापत्र गरायौं, युवकले पनि अबदेखि दुःख दिन्नँ भनेको थियो तर सुध्रनुको साटो गम्भीर योजना बनाएछ।'

भूपेन्द्रले आफूलाई ती युवतीले प्रेममा धोका दिएकाले उनको हत्या गरेर आत्महत्या गर्ने योजना बनाएको बयानमा खुलेको प्रहरी भनाइ छ।उनीबाट फेला परेका सामग्रीबारे प्रहरीले जिज्ञासा राख्दा उनले ती सबै सामान युवतीको हत्याका लागि बोकेको बयान दिएका छन्।सुरुमा गोली हान्ने, कुनै कारणवश गोली हान्न नसके खुकुरी या चुप्पीले हानेर युवतीलाई घाइते बनाई पेट्रोल छर्केर आगो लगाउने र त्यसपछि भागेर डोरीले आत्महत्या गर्ने योजना बनाएको रहेछ,' डिएसपी कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार युवतीले भने कार्कीसँग चिनजान मात्र रहेको, प्रेम सम्बन्ध नरहेको प्रहरीसमक्ष बताएकी छन्।प्रहरीले उनीसँग रहेको हतियारबारे सोधखोज गर्दा द्वन्द्वकालमा घरमा बास बस्न आएका माओवादी कार्यकर्ताले दिएको दाबी गरे पनि विस्तृत खुलाएका छैनन्।'युवकमाथि अवैध हतियार र हत्या प्रयासको अभियोगमा अनुसन्धान भइरहेको छ,' डिएसपी कार्कीले थपे, 'हतियार द्वन्द्वकालमा माओवादी कार्यकर्ताले दिएको भनेका छन्, त्यसबारे समेत सोधपुछ हुँदैछ।'

थरूहटको बन्दले दाङका ६ वटा गा.बि.स.हरूमा कामकाज बन्द

         असोज १६,  २०७२ दाङका गा.बि.स.हरूमा कामकाज बन्द | थरूहटको बन्दले सोमबार राजपुर,बेला,गढवा,गगांपरस्पुर गोबरडिहा,कोईलाबास देखी दाङका  वटा गा.बि.स.हरूमा कामकाज बन्द  भएको खबर छ |


Photo: Sagar Thapa