Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, October 7, 2015

घटस्थापनादेखि नै दशैं बिदा

काठमाडौं : नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाई सरकारले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सबै सरकारी कार्यालय बिदा दिने तयारी गरेको छ । 
 
निर्णयले सरकारी अड्डा लगातार १५ दिन (असोज २६ देखि कात्तिक १०) बन्द हुनेछन् । यससम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले लैजाने सम्बद्ध स्रोतले बतायो । ‘प्रधानमन्त्रीसमेत भएको उच्चस्तरीय छलफलमा सहमति भई प्रस्ताव ल्याउन गृहलाई भनिएअनुसार प्रस्ताव तयार पारिएको छ,’ स्रोतले भन्यो ।
 
न्यायालयसम्बद्ध सबै अड्डा घटस्थापनादेखि पूर्णिमासम्म बिदा हुँदै आएको थियो । अरू सरकारी अड्डा सप्तमीदेखि द्वादशीसम्म (६ दिन) बिदा गरी दुई दिन अड्डा खोल्ने र कोजाग्रत पूर्णिमाको दिन पुनः बिदा दिइँदै आएको थियो । 
 
यो निर्णयले सरकारी अड्डाको बिदा ६ दिन थपिनेछ । गृहका अधिकारीअनुसार इन्धनको कारण कर्मचारीलाई अड्डा–घर आउजाउ गर्न समस्या पर्नु बिदा थप्नुको एउटा कारण हो । यस्तै सर्वसाधारण पनि अत्यावश्यक कामबाहेक नआउने भएकाले सरकारी अड्डामा कामको चाप घटेको छ । तराईका अधिकांश भागका सरकारी कार्यालय यसै पनि बन्द रहेका छन् । 
 
आन्दोलित भागमा त स्थानीयबाहेकका कर्मचारीले यसै पनि जिल्ला छाडिसकेका छन् । बिदा नभए पनि घटनस्थापनादेखि कोजाग्रस्त पूर्णिमासम्म चाडको माहोलका कारण सरकारी अड्डामा खासै काम हुँदैनन् । सेवाग्राहीको चाप एकदम कम हुने भएकाले अड्डा रहेको ठाउँबाहिर घर हुने कर्मचारी बिदा लिन थाल्छन् ।
 
‘कामको चाप यसै पनि कम हुने समयमा बिदा दिँदा इन्धनलगायतको खपत कम भई मुलुकलाई लाभै हुने निष्कर्ष निकालेर लामो बिदाको निर्णय गर्न लागिएको हो,’ स्रोतले भन्यो ।
 
 घटस्थापनादेखि तिहार (मधेसमा छठसम्म) कामको चाप कम हुने भएकाले बिदा थपिएर पर्ने मर्का तुलनात्मक रूपमा कम हुने अनुमान छ । बिदा दिएपछि काठमाडौंमा रहेका कर्मचारी र तिनका परिवार आफ्नो घर वा घुमफिर निस्कने र उपत्यकामा अत्यावश्यक वस्तुको माग पनि घट्ने अनुमान गरिएको छ ।

नागरिकबाट - प्रधानमन्त्रीमा देउवाको दाबी

काठमाडौं, २१ असोज - नेपाली कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन पार्टी सभापति सुशील कोइरालाई दबाब दिने तयारी गरेको छ। 
 
देउवा निकट नेताहरुको बुधबार साँझ भएको बैठकले संसदीय दलको नयाँ नेता चयन प्रक्रिया अघि बढे उपसभापति रामचन्द्र पौडेललाई उछिन्ने निष्कर्ष निकालेको हो।
 
केन्द्रीय समितिबाट आफूलाई पुन अनुमोदन गराएर कोइराल आफैँ प्रधानमन्त्रीको उमेद्वार भन्ने तयारी रहेको देउवानिकट नेताहरुको बुझाइ छ।

सरकारलाई कुटनीतिज्ञले सोधे, नाकाबन्दी हुँदा पनि किन चुप लागेर बसेको ?

काठमाडौ : पूर्वराजदूतहरुले दुई हप्तादेखि भारतले लादेको नाकाबन्दी हटाउन परिपक्व ढंगले ठोस् कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएका छन्।

उनीहरुले नाकाबन्दी भएर सिंगो मुलुक नै अस्तव्यस्त हुँदा चुप लागेर नबस्न र यसलाई अन्तराष्ट्रियकरण गर्न सल्लाह दिएका छन्। उनीहरुको प्रश्‍न छ,नाकाबन्दी हुँदा पनि किन चुप लागेर नबसेको ?

राजधानीमा मंगलबार आयोजित छलफल कार्यक्रममा सहभागी १८ जना पूर्वराजदूतहरुले नाकाबन्दीका कारण देश नै ठप्प हुन थालेकाले भारतसंग कुटनीतिक तहबाट गहिरो संवाद गर्न र राष्ट्रिय हितका पक्षमा आफ्नो स्पष्ट अडान राख्न सरकारलाई सुझाव दिएका हुन्।


‘सरकारका मन्त्री र दलका नेताले अहिलेको भारतीय नाकाबन्दीबारे साझा धारणा बाहिर ल्याउनुपर्छ । हामी मुलुकभित्रै फरक—फरक बोल्न थाल्यौँ भने त्यसले हामीलाई कमजोर बनाउँछ भन्ने हाम्रो निष्कर्ष हो’छलफलको संयोजन गरेका पूर्वराजदूत राजेश्वर आचार्यले अन्नपूर्णसंग भने । पूर्वराजदूतहरुले नेपालले परिपक्व कृटनीतिद्वारा भारतसंग चिसिएको द्विपक्षिय संबन्ध हल गर्न सरकारलाई सुझाए।

पूर्वराजदूतहरु र कुटनीतिज्ञलाई सहभागि गराएर एउटा ‘कोर डिप्लोम्याटिक ग्रुप’खडा गरी सरकारले भारतसंगका नेपालका तत्कालीन र दिर्घकालीन स्वार्थहरुबारे कुराकानी गर्नुपर्नेमा उनीहरुले जोड दिए।

छलफलमा राजदूतहरुले भारतका केही जायज चासोहरु छन् भने नेपाल सरकारले सुनिदिनुपर्ने समेत बताए।‘नेपालले आफ्नो स्वार्थहरुबारे भारतसंग स्पष्ट रुपमा राख्नुपर्छ । सरकारले अहिलेको नाकाबन्दीका कारण के कस्ता समस्या भोगिरहेको हो त्यसबारे सही सूचना बाहिर ल्याउनुपर्छ’ उनीहरुले छलफलमा भने।

पूर्वराजदूत आचार्यका अनुशार छलफलमा राजदूतहरुले अहिले नेपाल र भारतबीच युद्दको स्थिती नरहेको हुंदा कुनै पनि प्रकारको नाकाबन्दी उचित नरहेको बताए । ‘नेपालजस्तो भूपरिवेष्ठित मुलुकमा भारतले नाकाबन्दीलाई हतियारका रुपमा प्रयोग गर्नु उचित होइन भन्ने हाम्रो ठम्याई रह्यो’ उनले भने।

राजदूतहरुले भारतले नेपालको लोकतान्त्रिक संबिधान, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने समेत बताए ।‘नेपालले भारतको राष्ट्रिय सुरक्षाको सम्मान गर्छ भने भारतले पनि नेपालको सुरक्षाको सम्मान गर्नुपर्छ’ छलफलमा राजदूतहरुको निष्कर्ष थियो।

दलहरुले राष्ट्रिय एकता जोगाउनका लागि तराईका आन्दोलनरत दलसंग सार्थक वार्ता गरी उनीहरुको जायज माग सुन्नुपर्ने समेत बताए । छलफलमा धारणा राख्ने पूर्व राजदूतहरुमा डा. भेषबहादुर थापा, केदार भक्त माथेमा, टंक कार्की, शम्भुराम सिंखडा, हिरण्यलाल श्रेष्ठ, दुर्गेशमान सिंह, प्रमेश कुमार हमाल, शुशील चन्द्र अमात्य, डा. शंकर शर्मा, डा. बिष्णुहरी नेपाल, निलाम्बर आचार्य, शुर्यप्रसाद श्रेष्ठ र विजयकान्त कर्ण लगायत थिए । त्यस्तै प्रधानमन्त्रीका बिदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराई र परराष्ट्र मन्त्रीका सल्लाहकार अश्विन पुडासैनी पनि छलफलमा सहभागि थिए।

नेपालको नयाँ संबिधान आफूले चाहेजस्तो नबनेकोमा रुष्ट भारतले विगत दुई हप्तादेखि नेपालाथि नाकाबन्दी लादेपछि कुटनीतिज्ञहरुले सरकारलाई नाकाबन्दी हटाउन सुझाएका हुन् ।


दशैंका लागि जहाजबाट इन्धन ल्याउने तयारीमा जुट्यो निगम

काठमाडाैं, २१ असाेज - नेपाल आयल निगमले दशैंका लागि जहाजबाट इन्धन ल्याउने तयारीमा जुटेको छ । भारतले गर्दे आएको अघोषित नाकाले इन्धनको चरम अभाव हुन थालेपछि निगम यस्तो तयारीमा जुटेको हो ।

’चाडबाड  नजिकिएकाले सार्वजनिक सेवा/सवारीलाई समस्या पर्न दिदैनौ,’ निगमका  प्रवक्ता दिपक बरालले भने, ’इन्धनकै कारणले दशैैं खल्लो हुन दिदैंनौ । त्यसका लागि जहाजबाट भएपनि इन्धन ल्याउने छौं ।’ चाडबाडमा सार्वजनिक सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन यस्तो तयारी भएको बताए।

निगमका अनुसार इन्धनको हाहाकार रोक्न तत्कालका लागि हवाइजहाज र दीघ्रकालिन रुपमा उत्तरी नाकाबट ल्याउने बिकल्प  खोज्ने समेत निर्णय गरेको छ । आपूर्तिमा समस्या हुनथालेपछि बाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १४ गते आयल निगमलाई बैकल्पिक मार्ग  पहिचान गर्न निर्देशन  दिएको थियो ।

’अभावलाई तत्काल रोक्न बैकल्पीक उपायबाट आयात गरी लागत खर्च जोडेर मुल्य बिक्री गर्न निगमलाई निर्देशन दिइसकेका छौ,’ मन्त्रालयका आपूर्ति व्यवस्थापन तथा सस्थान शाखाका उपसचिव शिव प्रसाद त्रिपाठीले भने, ’त्यसका लागि  चाहिने गुणस्तर र प्रपोजल बनाउन निर्देशन दिएका छौँ।’

नेपाली युवामाथि मोर्चाका कार्यकर्ताको बर्बरता

भैरहवा :  मधेसी मोर्चाका कार्यकर्ताले भैरहवास्थित बेलहिया नाकाबाट किनमेलका लागि भारत गएका एक युवाको हातसहितका शरीरका विभिन्न भागमा काटेर फालिदिएका छन् ।

किनमेलका लागि बुधबार दिउँसो भारत गएका रुपन्देहीको भलबारी गाविस सुकुम्बासी टोलका कृष्णबहादुर क्षेत्रीलाई कुटपिट गरेपछि धारिलो हतियारले शरीरका विभिन्न भागमा काटेर दशगजास्थित नेपाली भूमिमा फालिदिएका हुन् ।

मोर्चा कार्यकर्ताले धारिलो हतियार प्रहार गरेर उनको दाहिने हातका चारवटा औंला काटिदिएका छन् ।

शरीरभरी धारिलो हतियार काटिएका उनका औंला छिनेका छन् । उनको टाउको, कुम, खुट्टा र हातमा जथाभावी काटिएको छ ।

मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा धारिलो हतियारले काटेर दशगजामा फालिएका उनलाई सुरक्षाकर्मीले उद्धार गरी भैरहवास्थित मेडिकलमा भर्ना गरेका छन् ।

उनको त्यहाँ चिन्तजनक अवस्थामा अहिले उपचार भइरहेको छ । मोर्चाका कार्यकर्ताले भारतीय भूमिबाट ढुंगा हान्दा पाँचजना बढी सुरक्षाकर्मी पनि घाइते भएका छन् । 


दाङमा चक्कु प्रहार गरि हत्या

       दाङ २१ असोज २०७२ ,दाङको सेवार खोलामा चौधरी गुरूवाको खेतमा घोराही नगरपालिका 1 गुरूवा गाऊँ निबासी बर्ष 65का - श्री प्रसाद चौधरी मृत्य अब्सथामा फेला परेका छन् |उनि बेलुका  बजे पारी गाऊमा झार फुक गरन गएका थिए| पेसाले गुरूवा काम गर्ने श्री प्रसाद चौधरीको टाउको र आखाँमा गम्भिर चोट लागेएको छ भने उनीमाथि चक्कु प्रहार गरिएको स्पष्तः देखिन्छ|

Photo: Sagar Thapa


Photo: Sagar Thapa
Photo :Sagar Thapa