Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, August 18, 2015

जुम्लामा कर्फ्यु हटाइयो



जुम्ला, भदौ २ । जुम्ला सदरमुकाम खलंगामा स्थानीय प्रशासनले लगाएको  कर्फ्यु  हटाएको छ ।गत आइतबार साँझदेखि लगातार लगाईंदै आएको कर्फ्यु मंगलबार राती आठ बजेबाट स्थानीय प्रशासनले हटाएको हो ।बडिमालिका मेला र नागपञ्चमीलाई मध्यनजर गर्दै कर्फ्यु हटाइएको प्रशासनले जनाएकोछ ।स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भइरहेको प्रदर्शनले उग्र रुप लिएसँगै कर्फ्यु लगाइएको थियो ।लगातारको कफ्र्यु हटाएसँगै सर्वसाधारणलाई केही राहत भएको छ भने आन्दोलनकारी चोक चोकमा निस्केर नारा जुलुस सुरु गरेका छन् ।जुम्लाको स्थिती अझै सामान्य हुन सकेको छैन । बाक्लो संख्यामा सदरमुकामभर प्रहरी परिचालन गरिएको छ ।लगातारको बन्दले बिद्यार्थीको पढाई चौपट बनेको छ भने यातायात र विमान नचल्दा जिल्लामा खाद्यान्न अभाव भएको छ 

नौ दिनदेखिको बन्दले पश्चिमी जिल्लाहरु समेत प्रभावित :सर्वसाधारणको दैनिकी ठप्प



नवलपरासी/कपिलबस्तु भदौ २ । चितवनदेखि कञ्चनपुरसम्मको भू–भाग थरुहट प्रदेश हुनुपर्नेे माग गर्दै थरुहट संघर्ष समितिले गरेको बन्द नवौं दिनमा प्रवेश गरेको छ बनेका छन् । सबैभन्दा बढी सर्वसाधारणको दैनिकी चौपट बनेको छ ।बन्दकोकारण चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लाको जनजीवन नराम्ररी प्रभावित बनेको हो ।बन्दका कारण यि जिल्लाहरुमा सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने विद्यालय, उद्योग धन्दा, कलकारखाना, बजार ठप्प छन् ।हिमाल, पहाड, तराईको भूगोल समेटेर बनाइएको प्रदेश कुनै पनि हालतमा थारुवानका मूल आदीवासीलाई स्वीकार्य नहुने भन्दै बन्द आह्वान गरिएको हो ।
पश्चिम तराईकै केही जिल्लामा भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्द पनि जोडिएको छ । दोहोरो बन्दको प्रभाव सबैभन्दा बढी कपिलवस्तु जिल्लामा देखिएको छ ।दोहोरो तर्फबाट हुने प्रदर्शनले सदरमुकाम तौलिहवा तनावग्रस्त बन्दै गएको छ । कपिलवस्तु भएर भारतबाट आउने यात्रु अहिले कृष्णनगरमै अलपत्र परेका छन् ।उता, १४ दिनदेखिको बन्दका कारण सुदूर पश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ । अखण्ड सुदुरपश्चिम पक्षधर र थारु कल्याणकारी सभाले गरेको दोहोरो बन्दको कारण यस भेगकै जनजीवन चौपट बनेको हो ।कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले बन्दको आह्वान गरेको हो भने सुदुरपश्चिमका सात पहाडी जिल्ला अखण्ड राखिनुपर्ने माग गर्दै अखण्ड सुदुरपश्चिम पक्षधरले बन्दको आह्वान गरेका हुन् ।बन्दका कारण सुदूरपश्चिमकै ९ जिल्लामा यातायात, शैक्षिकसंस्था र बजार ठप्प बनेको छ ।

सप्तरीमा प्रहरीको गोली लागि राउतको मृत्यु

प्रहरीबिट तोडफोड र आगजनी




संयुक्त मधेसी मोर्चाले आव्हान गरेको मधेस बन्दको क्रममा मंगलबार बिहान सप्तरीको भारदहमा प्रहरी र आन्दोलकारीबीच झडपमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ। प्रहरीको गोलीबाट भारदह-१ का ३५ वर्षीय राजीव राउतको मृत्यु भएको छ। 
प्रहरीको गोली लागि दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्। बिहानदेखि तनावपूर्ण रहेको भारदहमा प्रदर्शनकारी र प्रहरीबीचको झडपले उग्र रूप लिएपछि प्रहरीले गोली चलाएको स्थानीय प्रशासनले जनाएको छ।
प्रहरीको गोली लागि स्थानीय दीपक साह, देवनारायण विश्वासलगायत घाइते भएका छन्। अत्यन्तै चिन्ताजनक स्थिति रहेको उनीहरूलाई उपचारका लागि विराटनगर लगिएको स्थानीयबासीले जनाएका छन्।
यसैबीच प्रदर्शकारीले भारदहमा रहेको ट्राफिक प्रहरीको बिट तोडफोड र आगजनी गरेका छन्। झडपमा प्रहरीले २ दर्जन राउन्ड हवाई फायर गर्नुका साथै ३५ सेल अश्रुग्याँस प्रहार गरेको छ