Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, August 18, 2015

नौ दिनदेखिको बन्दले पश्चिमी जिल्लाहरु समेत प्रभावित :सर्वसाधारणको दैनिकी ठप्प



नवलपरासी/कपिलबस्तु भदौ २ । चितवनदेखि कञ्चनपुरसम्मको भू–भाग थरुहट प्रदेश हुनुपर्नेे माग गर्दै थरुहट संघर्ष समितिले गरेको बन्द नवौं दिनमा प्रवेश गरेको छ बनेका छन् । सबैभन्दा बढी सर्वसाधारणको दैनिकी चौपट बनेको छ ।बन्दकोकारण चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लाको जनजीवन नराम्ररी प्रभावित बनेको हो ।बन्दका कारण यि जिल्लाहरुमा सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने विद्यालय, उद्योग धन्दा, कलकारखाना, बजार ठप्प छन् ।हिमाल, पहाड, तराईको भूगोल समेटेर बनाइएको प्रदेश कुनै पनि हालतमा थारुवानका मूल आदीवासीलाई स्वीकार्य नहुने भन्दै बन्द आह्वान गरिएको हो ।
पश्चिम तराईकै केही जिल्लामा भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्द पनि जोडिएको छ । दोहोरो बन्दको प्रभाव सबैभन्दा बढी कपिलवस्तु जिल्लामा देखिएको छ ।दोहोरो तर्फबाट हुने प्रदर्शनले सदरमुकाम तौलिहवा तनावग्रस्त बन्दै गएको छ । कपिलवस्तु भएर भारतबाट आउने यात्रु अहिले कृष्णनगरमै अलपत्र परेका छन् ।उता, १४ दिनदेखिको बन्दका कारण सुदूर पश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ । अखण्ड सुदुरपश्चिम पक्षधर र थारु कल्याणकारी सभाले गरेको दोहोरो बन्दको कारण यस भेगकै जनजीवन चौपट बनेको हो ।कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले बन्दको आह्वान गरेको हो भने सुदुरपश्चिमका सात पहाडी जिल्ला अखण्ड राखिनुपर्ने माग गर्दै अखण्ड सुदुरपश्चिम पक्षधरले बन्दको आह्वान गरेका हुन् ।बन्दका कारण सुदूरपश्चिमकै ९ जिल्लामा यातायात, शैक्षिकसंस्था र बजार ठप्प बनेको छ ।