Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, September 29, 2015

उपेन्द्र यादवमात्र मधेसी हुन्

पहिलो संविधानसभामा भारी बहुमत ल्याएका मधेसवादी दलहरु दोस्रो संविधानसभामा निकै तल झरे । धेसममा उनीहरुको प्रभाव पुरै घट्यो । घटेको प्रभावलाई फिर्ता ल्याउन उनीहरु अहिले सोझा  जनतालाई उकासी रहेका छन् । सत्य कुरा के हो भने पहिलो संविधान सभामा ८० - ८१ सिट मधेसवादी दलले ल्याएका थिए । कांग्रेस एमाले समाप्तजस्तै थिए । दोस्रो चुवानले त्यसलाई उल्टाई दियो । उनीहरु १०-११ सिटमा बस्नु पर्यो ।  कांग्रेस , एमाले १०० को हारहारीमा पुगे । मधेसका जनता के चाहन्छ भन्ने कुरा यहीबाट प्रष्ट हुन्छ । अब जनमतका आधारमा कुरा गर्ने कि अल्पमतका आधारमा । पक्कै पनि अल्पमतका कुरा सुन्नु पर्छ । अल्पमतका पनि जायज मागहरु सांवोधन हुनु पर्छ । मधेसको अहिलेको आन्दोलन अल्पमतको होईन । यो त केही स्वर्थीहरुको मात्र हो ।
संविधानले सतप्रतिशत माग पुरा गराएको छ । सीमाङ्कनमा केही मिल्न बाकी छ । मिलाउनमा प्रमुख दलहरु तयार पनि छन । अहिले मधेसवादी दलहरुले सोझा नागरिकहरुमा भ्रम पैदा गराएर आन्दोलन गरिरहेका छन । यो आन्दोलन देशका लागि घातक छ , र मधेसका नागरिकका हितमा पनि छैन । नेता केन्द्रीत आन्दोलनले नेताको हित गर्छ  ।  जनताको गर्दैन । भारतलाई गुहारेर ,देशमा नाकाबन्दी गर्ने आन्दोलनको धरातल सबै नागरिकले बुझ्नु पर्छ । भारतले मधेसलाई उचालेर देशमा अस्थिरता ल्याउन खोजिरहेको छ । उसले गरेको नाकाबन्दीको अर्थ पनि यही हो ।  गैरकानुनी रुपमा भारतले नाकाबन्दी गर्नु कुनै हालतमा मिल्दैन ।
समावेसी , समानुपातिकका कुरा सबै मिलेका छन । नागरिकताका नाममा धेरै कुरा आएका छन । आन्दोलनकारी दलहरुले यही विषयलाई बढी उचल्ने पनि गरेका छन । तर नागरिकताका समस्या  पूर्ण रुपमा मिलिसकेका छन। यही विषयमा भारतले पनि सिधै हस्तक्षेप गरिरहेको छ ।
अंगिकृत नागरिकता वहाकलाई मुलुकको कार्यकारी प्रमुख दिन कुनै हालतमा सकिदैन । भारतीय पक्षले अंगिकृत नागरिकताको विवादमाथि बढी चासो दिएको छ । भारत चाहन्छ अंगिकृत नागरिक नेपालको कार्यकारी प्रमुख बन्न सकोस् ।उसो भए किन सोनियालाई भारतले राष्ट्रपति या प्रधानमन्त्री बनाउन सकेन । आफ्नो देशलाई माया गर्ने व्यक्तिले अरुको देशको पनि भलो चिताउनु पर्छ ।यति अंगिकृत नागरिकलाई कार्यकारी प्रमुख बनाउने कानुन बन्यो भने देश विदेशीको हातमा जाने छ । हामी नेपाली दोस्रो दर्जाको नागरिक बन्ने छौ । यसैले पनि अंगिकृत नागरिकलाई कार्यकारी प्रमुख बनाउने प्राबधान ल्याउनु हुदैन । यस्तो प्राबधान आयो भने म जुंगा खुईरेर  हातमा खुकुरी बोकेर हिड्नु पर्ने दिन आउने छ ।
मधेसवादी दलहरु अहिले पनि एक मधेस एक प्रदेशको पक्षमा छन । यो सरासर देश टुक्र्याउने खेल हो । हाम्रा नेताहरु पहिले चुकेका कारण सबै विग्रियो । प्रदेश बनाउदा हिमाल पहाड र तराई मिलाएर बनाउनु पर्छ । १४ अंचल ७५ जिल्ला हुदा हामी मिलेरै वसेका थियौं । ५ विकास क्षेत्रजस्तो वैज्ञानिक प्रदेश अब बन्नै सक्दैन ।सबैको बुद्धि फिरने हो , भने त ५ विकास क्षेत्रलाई प्रदेश मानिदिए हुन्छ ।
मधेसमा आन्दोलन गर्दै  गरेका दलहरुका कार्यकर्ता मात्र छैनन् । एमाले , कांग्रेस र एमाओवादीका पनि छन । मधेसबाटै यी दलका यति धेरै जनप्रतिनिधिहरु आएका छन । उनीहरुका कुरा सुन्नु  पर्दैन  । अहिले आन्दोलनमा मधेसी जनताको ठूलो सहभागिता छैन । भ्रममा परेकाहरुमा मात्र आन्दोलनको  समर्थनमा छन ।
समानुपातिक , समावेसी र नागरिकता लगायतका मुद्धाहरु पुराकापुरा समाधान भएका छन । तर यिनै मुद्धाहरुलाई उचालेर अहिले मधेसमा आन्दोलन चर्काइएको छ । भारतको आँट भरोसामा गरिएको आन्दोलनले मधेसी नागरिकको माग पुरा गर्न सक्दैन । नेपालको सरकारसंग वार्ता गर्न उनीहरु किन डराएका छन । कारण के छ भने उनीहरुसंग कुनै मुद्धा नै छैनन् । यो आन्दोलन मन्त्री पदको 'वार्गेनिङ' मात्र हो । अहिले पनि भित्रभित्रै उनीहर पदमाथि 'वार्गेनिङ' गरिरहेका छन ।
उपेन्द्र यादव या आन्दोलनमा लागेका मात्रै मधेसी हुन् ? हामी मधेसी होइनौ ?उनीहरुका मात्र सबै कुरा जायज हुनुपर्ने ?संविधान जारी पछि हामीले मधेसी जनतालाई संविधानका बारेमा राम्रोसंग बुझाउन सकिरहेका छैनौ ।त्यसैको फाइदा आन्दोलनकारीले लिएका छन् । अब ढिला नगरी कांग्रेस , एमाले र एमाओवादीका मधेसी सांसदहरु मधेसमा जानु पर्छ र शीर्ष नेतृत्वलाई पनि पुर्याउनु पर्छ । हामीले सबै कुरा बुझायौ भने मधेसका नागरिकले बुझ्छन ।
कसैलाई पनि देश टुक्र्याउने अधिकार छैन । मधेसी नागरिकले त्यस्ता व्यक्ति र दलहरुलाई साथ पनि दिदैनन् । देशलाई नाकाबन्दी गराएर आफ्नो स्वार्थ सिद्धि गर्नेहरुको भण्डाफोर गर्नु पर्छ । 

देउखुरीको मजगाउँमा सैयौ गाडी जाममा

       बुधबार १३ असोज, २०७२ आज बिहान देखी थरूहट सर्घष समिति देउखुरीले मजगाउमा ढङगा थुपारेर बाटो जाम गर्दा सैयौ सवारी शाधन जाममा परेको भालुवाङ बाट मा समाचार प्राप्त भएको  छ |
  
समाचार :सन्तोष कुमार गुप्ता 



वार्ता थाल्न मोर्चाका तीन सर्त

काठमाडौं–मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताको वातावरण बनाउन प्रमुख तीन दलको वार्ता टोलीसँग तीनवटा सर्त राखेको छ।सिंहदरबारस्थित फोरम लोकतान्त्रिकको संसदीय दल कार्यालयमा भएको द्विपक्षीय वार्तामा प्रमुख तीन दलको वार्ता टोलीका सदस्य वनमन्त्री महेश आचार्य, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एमाले प्रमुख सचेतक अग्निप्रसाद खरेलसामु मोर्चाले सर्त राखेको हो ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले मोर्चाले राखेको सर्त पूरा गरेपछि मात्रै औपचारिक रूपमा वार्ता अघि बढाउने बताए । 'मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई राहत दिनुपर्ने तथा घाइतेको उपचार गर्नुपर्ने र आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने सर्त राखेका छाैं,' भण्डारीले नागरिकसँग भने ।

भण्डारीले तीन सर्त पूरा गरे आन्दोलनरत दलले उठाएका मागका विषयमा प्रवेश गर्न सकिने बताए।  दुई घन्टाभन्दा बढी समय चलेको वार्तामा गच्छदार, भण्डारीसहित फोरम गणतान्त्रिकका महासचिव सिपी सिंह, रामजनम चौधरी, केशव झालगायत नेताको उपस्थिति थियो । मृतक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय भने यसअघि नै सरकारले गरिसकेको छ ।

बैठकमा मोर्चाले तराई–मधेसको सीमांकनको विवाद संघीय आयोगमार्फत नभई संविधान संशोधनवाट टुंग्याउनुपर्नेमा पुनः जोड गरेको छ । त्यसैगरी, समावेशी समानुपातिक, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्नुपर्ने मागलाई पनि संविधान संशोधनमार्फत गर्नुपर्ने मोर्चाको भनाइ छ ।

संघीय प्रदेशको सीमांकनबाहेक अन्य विषयलाई प्रमुख तीन दलले संविधान संशोधनमार्फत टुंग्याउने पटकपटक प्रतिबद्धता जनाइसकेका छन् । असोज १५ गते सुरु हुने व्यवस्थापिका संसदको हिउँदे अधिवेशनमै सो संशोधन प्रस्ताव लैजाने दलहरूले जनाएका छन् । वार्ताको वातावरण बनाउनका लागि सरकारले सेना फिर्ता गर्ने निर्णयसहित कफ्र्यु र दंगा क्षेत्र घोषणाको निर्णयलाई क्रमशः फिर्ता गर्दै गएको छ ।

'वार्ता टोली गठन भएपछि पहिलोपटक दुइटा मोर्चासँग आजै हाम्रो कुराकानी भएको छ,' वार्ता टोली सदस्य श्रेष्ठले नागरिकसँग भने, 'वार्ताको वातावरण बनाएपछि मुद्दामा प्रवेश गरौंं भन्ने कुरा उहाँहरूबाट आएको छ, भोलि (बुधबार) तीन दलको बैठक बसेर केही कुरा सम्बोधन गर्ने तयारीमा लागिपरेका छौं ।' उनका अनुसार मुख्य गरी वार्ताको वातावरण बनाउनुपर्ने भन्दै अगाडि सारेका सर्तका बारेमा प्रमुख तीन दलबीच छलफल हुनेछ ।

गच्छदार नेतृत्व मोर्चासँग छलफल गर्नुअघि तीन दलको वार्ता टोलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि वार्ता गरेको थियो । ठाकुरसँग वार्ता र छलफल गर्न तीन दलको टोली सानोठिमीस्थिति उनको निवासमा पुगेको थियो ।

'मोर्चाका अन्य घटकसँग छलफल गरेर निर्णय दिन्छु भनेर उहाँ रौतहट (गौर) जानुभयो,' श्रेष्ठले भने, 'मोर्चा घटक अन्य दलसँग छलफल गरेर भोलि (बुधबार) नै काठमाडौं फर्कने बाचासहित उहाँ जानुभएको छ ।' बुधबार हुने आमसभालाई सम्बोधन गर्न ठाकुर मंगलबार गौर गएका हुन ।

नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले मंगल ग्रहमा पानी भएको पत्ता लगाए

बुधबार १३ असोज, २०७२ वैज्ञानिकहरुले मंगल ग्रहको सतहमा देखिएका गाडा धर्साहरु पानी हुनसक्ने आफूहरुले विश्वास गरेको बताएका छन्।
नेपाली मूलका एकजना युवा वैज्ञानिक लुजेन्द्र ओझासमेत संलग्न अनुसन्धानबाट निकालिएको त्यस्तो निचोडलाई मंगल ग्रहबारे भएको अनुसन्धानमा महत्वपूर्ण उपलब्धि समेत मानिएको छ।
अमेरिकी अन्तरिक्ष निकाय नासाको भूउपग्रहबाट प्राप्त तथ्यांकहरुले सतहमा देखिएको त्यस्तो चरित्र त्यहां रहेका नुनको थुप्रोहरुसंग सम्बन्धित रहेको देखाउंछ।त्यस्तो नुनले पानीको चिसिने र बाफ बन्ने विन्दुहरु परिवर्तन गर्नसक्ने र त्यसका कारण पानी बग्न सक्ने अवस्थामै रहिरहने विश्वास गरिएको छ।
नेपाली मूलका वैज्ञानिक लुजेन्द्र ओझा र उनका साथीहरुले पानीको तरल अवस्था अर्थात् 'लिक्विड वाटर'सम्बन्धी उक्त विवरणहरु नेचर जियोसाइन्स भन्ने जर्नलमा प्रकाशित गरेका छन्।पानी हुनुको अर्थ हुनेछ त्यहां जीवाणुको पनि सम्भावना छ जसले मंगल ग्रहमा जीवनको संकेत गरेको ठानिएको छ।
जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा विद्यावारिधी गरिरहेका ओझाले नासाको मार्स रिकनसेन्स अर्बिटर भनिने अन्तरिक्ष यानबाट प्राप्त तथ्यांकहरु प्रस्तुत गरेका छन्।उक्त यानमा क्रिजम भनिने उपकरण छ जसले सतहमा भएका पदार्थहरुको चरित्र पत्ता लगाउन सक्छ।त्यसले, मंगलको गर्मी याममा, गाडा धर्साहरु आउने जाने गर्ने चारवटा स्थानहरु हेरेको थियो।रिकरिङ स्लोप लिनिया भनिने ती धर्साहरु मंग्रह ग्रहबारे अध्ययन गरिरहेका वैज्ञानिकहरुलाई नौलो विषय होइन तर त्यो बग्ने पानीसंग सम्बन्धित होला भन्ने पुष्टि भने भइसकेको थिएन।
ओझाका अनुसार, पहिलेका अनुसन्धानबाट पनि ती धर्साहरु मंगलमा रहेको थाहा भए पनि त्यसको रासयनिक चरित्रबारे पत्ता लाग्न सकेको थिएन जुन काम अहिले भएको छ।

नेपालले रोक्यो भारतीय तरकारी र फलफूल

काठमाडौं–अत्यावश्यक एलपी ग्यास र पेट्रोलियम पदार्थ रोकेर तत्काल सड्ने र कुहिने तरकारी, फलफूललगायत सामान मात्र नेपालतर्फ पठाउने भारतीय रणनीति विफल पार्न नेपाली भन्सारले कठोर रणनीति अपनाउन थालेका छन्।सरकारको निर्देशनमा मंगलबारबाट भारतले पठाएका तरकारी, फलफूलजस्ता तत्काल सड्ने वस्तु भन्सारमै रोकिएका छन्। नयाँ संविधानको विरोधमा मधेसकेन्द्रित दलले जारी राखेको हडताल र विरोधलाई बहाना बनाएर भारतले ६ दिनदेखि खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ नेपाल निकासीमा रोक लगाउँदै आएको छ । औद्यागिक कच्चा पदार्थ र तयारी वस्तु भने रोकिएको छैन।

उसले भारतीय व्यापारीलाई फाइदा पुग्ने गरी तरकारी, फलफूलजस्ता तत्काल कुहिने वस्तु बोकेका कन्टेनर मात्र नेपाल पठाउँदै आएको छ। 'भारतले अति आवश्यकीय वस्तु पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास आयतमा विभिन्न बहानाले बन्देज लगाएकाले अन्य सामान (कुहिने) को पनि भन्सार क्लियरेन्स नगर्न भन्सार नाकाका अधिकारीलाई निर्देशन दिइएको छ,' अर्थ मन्त्रालयका एक उच्च अधिकारीले मंगलबार नागरिकसँग भने, 'भारतले नाकाबन्दी नगरेको देखाउन तत्काल आवश्यक नभएका कुहिने र सड्ने वस्तु मात्र पठाउने नियत राखेकाले यस्तो निर्देशन दिइएको हो ।'

ती अधिकारीले पेट्रोलियम पदार्थ बोकेका ट्यांकरसँगै अन्य वस्तु बोकेका कन्टेनर आए मात्र भन्सार क्लियरेन्स गरिने जानकारी दिए । पेट्रोलियम पदार्थ र ग्यास रोकेर अन्य वस्तु मात्र छाड्ने काम गरिए नेपाली भन्सारले पनि विभिन्न बहाना लगाएर क्लियरेन्स दिनेछैनन् । यस्तो निर्देशन भारतसँग जोडिएका प्रमुख र छोटी सबै भन्सार नाकाका अधिकारीलाई दिइएको ती अधिकारीले जानकारी दिए।
यो निर्देशन मंगलबारबाटै कार्यान्वयनमा आइसकेको छ । भारतीय व्यापारीले मंगलबार दिउँसो केही छोटी नाकाहरुबाट यस्ता वस्तु छुटाउने प्रयास गरेकामा नेपाली भन्सारले रोकेको ती अधिकारीले जानकारी दिए। भन्सार उच्च स्रोतअनुसार मंगलबार भैरहवा नाकाबाट तरकारी, फलफूल मात्र पठाउन खोजिएकोमा स्थानीयको समेत अवरोधले रोकिएको छ । मेची भन्सार कार्यालयबाट १६ वटा कन्टेनर नेपाल छिरेका छन् जसमा औद्यागिक कच्चा पदार्थ र तयारी वस्तु मात्र छन् ।

यस्तै, कैलाली नाकाबाट मंगलबार ११ वटा कन्टेनर नेपाल भित्रिएका छन् जसमा सबै औद्यागिक सामग्री छन् । भारतले सोही नाकाबाट तीन ट्रक फलफूल तथा तरकारी पठाउन खोजेकोमा भन्सारले क्लियरेन्स गरेन ।

नेपालगन्ज भन्सारबाट पनि १३ वटा कन्टेनरमा औद्यागिक सामग्री नेपाल पठाइएको छ । अन्य नाकाबाट आन्दोलनकारीको अवरोधले कुनै कन्टेनर छिर्न पाएका छैनन् । पेट्रोलियम तथा ग्यास भने कुनै नाकाबाट पनि पठाइएको छैन ।

यसअघि, व्यापारी दबाबमा भारतीय अधिकारीले वीरगन्जबाहेक अन्य नाकाबाट आलु, प्याज, फलफूल, माछा, तरकारीजस्ता तत्काल कुहिने र सड्ने सामान बोकेका मालबाहक साधन छाड्ने गरेका थिए । 'उनीहरुले आफ्नो मात्र स्वार्थ पूर्ति गर्न खोजेकाले यस्ता वस्तुको आयात नखुलाउने निर्देशन दिइएको हो,' ती अधिकारीले भने ।

ती अधिकारीका अनुसार भैरहवा नाकाबाट सोमबार ५० वटा मालबाहक कन्टेनर छाडिएकामा एक टं्याकर तेल र ३ बुलेट ग्यास मात्र थियो । नेपालगन्जबाट आइतबार राति नेपाल पक्षको दबाबपछि ६ टं्याकर तेल छाडिएको थियो ।
'भारतीय अधिकारीले नाकाबन्दी नभएको देखाउन र आफ्ना व्यापारीको फाइदाका लागि मात्र केही कन्टेनर छाडेका हुन्,' ती अधिकारीले भने, 'सबैभन्दा आवश्यक पेट्रोलियम पदार्थ नछाड्नुले उनीहरुको नियत प्रस्ट हुन्छ ।'

भन्सार नाकाहरुमा तेल बोकेका टं्याकर सबैभन्दा अगाडि भए पनि उनीहरुलाई पछाडि पठाएर कुहिने वस्तु बोकेका कन्टेनर छाड्ने गरिएको छ । अहिले पूर्वको मेची, विराटनगरको रानी भन्सार, वीरगन्जको रक्सौल, भैरहवाको सुनौली र नेपालगन्जको रुपैडिहा नाकामा हजारौंका संख्यामा तेल, ग्यास र अन्य मालसामान बोकेका कन्टेनर लाममा अलपत्र छन् ।

भारतले लगाएको नाकाबन्दीका कारण नेपालभर पेट्रोलियम पदार्थ अभाव सुरु भएको छ भने सरकारले पनि ठूलो मात्रामा राजस्व गुमाइरहेको छ । भन्सार नाकाहरुबाट अन्य समयमा दैनिक औसत ५० करोड रुपैयाँ बराबरको राजस्व उठ्ने गरेको थियो । तराईमा आन्दोलन सुरु भएपछि राजस्व ३० करोडमा झरेको थियो भने भारतले नाकाबन्दी लगाउन सुरु गरेको पाँच दिनयता राजस्व असुली ५ करोडमा सीमित भएको छ ।