Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, September 29, 2015

नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले मंगल ग्रहमा पानी भएको पत्ता लगाए

बुधबार १३ असोज, २०७२ वैज्ञानिकहरुले मंगल ग्रहको सतहमा देखिएका गाडा धर्साहरु पानी हुनसक्ने आफूहरुले विश्वास गरेको बताएका छन्।
नेपाली मूलका एकजना युवा वैज्ञानिक लुजेन्द्र ओझासमेत संलग्न अनुसन्धानबाट निकालिएको त्यस्तो निचोडलाई मंगल ग्रहबारे भएको अनुसन्धानमा महत्वपूर्ण उपलब्धि समेत मानिएको छ।
अमेरिकी अन्तरिक्ष निकाय नासाको भूउपग्रहबाट प्राप्त तथ्यांकहरुले सतहमा देखिएको त्यस्तो चरित्र त्यहां रहेका नुनको थुप्रोहरुसंग सम्बन्धित रहेको देखाउंछ।त्यस्तो नुनले पानीको चिसिने र बाफ बन्ने विन्दुहरु परिवर्तन गर्नसक्ने र त्यसका कारण पानी बग्न सक्ने अवस्थामै रहिरहने विश्वास गरिएको छ।
नेपाली मूलका वैज्ञानिक लुजेन्द्र ओझा र उनका साथीहरुले पानीको तरल अवस्था अर्थात् 'लिक्विड वाटर'सम्बन्धी उक्त विवरणहरु नेचर जियोसाइन्स भन्ने जर्नलमा प्रकाशित गरेका छन्।पानी हुनुको अर्थ हुनेछ त्यहां जीवाणुको पनि सम्भावना छ जसले मंगल ग्रहमा जीवनको संकेत गरेको ठानिएको छ।
जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा विद्यावारिधी गरिरहेका ओझाले नासाको मार्स रिकनसेन्स अर्बिटर भनिने अन्तरिक्ष यानबाट प्राप्त तथ्यांकहरु प्रस्तुत गरेका छन्।उक्त यानमा क्रिजम भनिने उपकरण छ जसले सतहमा भएका पदार्थहरुको चरित्र पत्ता लगाउन सक्छ।त्यसले, मंगलको गर्मी याममा, गाडा धर्साहरु आउने जाने गर्ने चारवटा स्थानहरु हेरेको थियो।रिकरिङ स्लोप लिनिया भनिने ती धर्साहरु मंग्रह ग्रहबारे अध्ययन गरिरहेका वैज्ञानिकहरुलाई नौलो विषय होइन तर त्यो बग्ने पानीसंग सम्बन्धित होला भन्ने पुष्टि भने भइसकेको थिएन।
ओझाका अनुसार, पहिलेका अनुसन्धानबाट पनि ती धर्साहरु मंगलमा रहेको थाहा भए पनि त्यसको रासयनिक चरित्रबारे पत्ता लाग्न सकेको थिएन जुन काम अहिले भएको छ।