Taja Samachar Nepal

Taja Samachar Nepal
News

Friday, October 9, 2015

जनकपुरका कालाकारद्वारा आन्दोलनको आरम्भको उद्घोष

        जनकपुर असोज २३,२०७२ जनकपुरमा जारी मधेश अधिकारको आन्दोलनमा मिथिला नाट्य कला परिषद सहभागिता सहित समर्थन जनाउदैँ व्यंगात्मक शैलीमा सत्ताधारी दल र एमाओवादीको वाकपटुकतामा आधारित सडक नाटक प्रदर्शन गरेको हो ।मिनापका कलाकारहरुद्वारा अभिनय गरिएको सडक नाटक प्रदर्शनको क्रममा व्यङ्गयात्मक ढंगबाट सरकारको रवैया र खसवादी चरित्र सहित मानसिकताको बिरोध गर्दै सडक नाटक प्रदर्शन गरेको अध्यक्ष मदन ठाकुरले बताए । 
जनकपुरको जनक चोकमा भएको सडक नाटकमा मधेशमा विगतकाल देखिनै वर्तमान सरकारले गरेको अत्याचारको बिरोधमा जोड़दार रुपमा आवाज उठाइएको थियो ।
                   नेकपा एमालेका अध्यक्ष केपी ओलीको तिखो बोली र नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी सहितका शिर्षनेताहरुको रवैयाको बिरुद्धमा समेत यो नाटकले चाटिलो रुपमा कडा प्रहार गरेको थियो । मधेशमा हरेक निकाय र पेसागत संघसंस्था तथा जातजातिगत संस्थाहरुले पनि दिनहुँजसो सडकमा उत्रिने गरेको छ । सो समयमा कलाकारहरुको संस्था पनि पहिलो पटक यस आन्दोलनमा ऐक्यबद्धता जनाउदैँ अधिकारको बिगुल फुकेको उद्घोष गरेको छ । अब आन्दोलनको प्रारम्भ भएको भन्दै पहिलो पटक कलाकारहरुको जमात रहेको संस्था मिनापले सडक नाट्य प्रदर्शन गर्दै नाटकीय शैलीमा आन्दोलनको उद्घोष समेत गरेको छ ।अधिकार प्राप्तिको आन्दोलनमा थप उर्जा प्रदान गर्नका लागि सडक नाटक प्रदर्शन गरेको मिनापका अध्यक्ष मदन ठाकुरले बताए । नाटकमा सुनिल मिश्र, मदन ठाकुर, अनिलचन्द्र झा, परमेश झा, गंगाकान्त झा, विष्णुकान्त मिश्र, रामनारायण ठाकुर, अनिता रानी मण्डल, धिरज ठाकुर, संदीप साह, मुकेश झा, राजा राउत र कृष्णा सहितका कलाकारहरुले उत्कृष्ट अभिनय गरेको थियो ।