Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, August 17, 2015

अब हरेक दूतावासले कम्तीमा तीन मुलुक हेर्ने

काठमाडौ, भाद्र १ - सरकारले दूतावासको सहप्रमाणीकरण (एक्रिडियसन) हेरफेर गर्ने भएको छ । दूतावासको एक्रिडियसन व्यावहारिक नदेखिएपछि हेरफेर गर्न परराष्ट्रले सम्बन्धित दूतावासबाट राय मागेको थियो । उपलब्ध राय र मन्त्रालयको अध्ययनपछि नयाँ सहप्रमाणीकरण तयार पारिएको एक अधिकारीले बताए ।
परराष्ट्रका एक अधिकारीका अनुसार अब हरेक दूतावासले कम्तीमा तीन मुलुक हेर्ने जिम्मेवारी दिने तयारी छ । शीतयुद्धकालीन परराष्ट्र नीति तथा तत्कालीन कूटनीतिक सोचबाट सञ्चालित नीतिलाई परिवर्तन गर्दै यसको सुधारमा परराष्ट्र मन्त्रालय लागिपरेको हो ।
लामो समयदेखि बहसमा रहेको भए पनि विभिन्न राजनीतिक चासो र दल निकट राजदूतहरूको चाहनाका कारण सरकारले सहप्रमाणीकरण नीति परिवर्तन गर्न सकेको थिएन । मन्त्रालयबाट गएका राजदूतहरूले पनि सकेसम्म आफूअन्तर्गतको मुलुक छाड्न नचाहँदा र साथीभाइ रिसाउँछन् कि भन्ने मानसिकताले परिवर्तन हुन समस्या भएको थियो । मन्त्रालयले नियोगहरूलाई सम्बन्धित मुलुकमा गर्न सक्ने कामको योजनासहित खाका पठाउन निर्देशन दिएको थियो । त्यसपछि राजदूतहरूले आफू कार्यरत मुलुकको मात्र खाका पठाउँदै सहप्रमाणीकरणमा देखिएका सम्भावना पठाउँदै टाढा मुलुकमा जान असहज हुनेलगायत उल्लेख गरेपछि निर्णय गर्न सजिलो भएको हो ।
कूटनीतिक सम्बन्ध कायम भएका सबै मुलुकमा सबै देशले दूतावास खोल्दैनन् र मिलाएर सहप्रमाणीकरण गरिन्छ । नेपालले पनि यही अभ्यास गर्दै आएको छ । तर, थोरै दूतावास भएको विगतको अवस्था र अहिलेको अवस्था फरक भएकाले परिवर्तन गर्न खोजिएको परराष्ट्र अधिकारीहरूले बताए । सहप्रमाणीकरण तोकिएको मुलुक र दूतावास भएको मुलुकको द्विपक्षीय सम्बन्धका आधारमा तय गरिन्छ ।
२९ मुलुकमा नेपालका दूतावास छन् भने दुई सहर न्युयोर्क र जेनेभामा राजदूतस्तरीय नियोग छन् । यो दुवै नियोग र २९ दूतावासबाट विश्वका १ सय ३९ मुलुक हेर्ने गरिएको छ । कुनै स्थानमा एकै दूतावासले नौ मुलुकसमेत हेर्ने गरेको छ भने कुनैले दूतावास भएको मुलुक मात्र हेर्छन् । 'शीतयुद्धकालीन अवस्था र अत्यन्त कम दूतावास रहेको समयमा तोेकिएको सहप्रमाणीकरणलाई परिवर्तन गर्न लागिएको छ, यसमा सुझाव लिइरहेका छौं,' परराष्ट्रका कामु सचिव शंकरदास बैरागीले कान्तिपुरसँग भने । थप प्रभावकारी कूटनीति सञ्चालनको एक पाटोका रूपमा यसलाई पनि परिवर्तन गरेर चुस्त बनाउन लागेको उनले जानकारी दिए ।
सरकारले अहिले सबै महादेशमा आफ्नो दूतावास स्थापना गरिसकेको छ । 'राजदूत को जान्छ र ऊ कति शक्तिशाली छ, त्यसका आधारमा सहप्रमाणीकरण गरिएको अवस्था छ,' एक राजदूतले भने, 'मैले विविध कारणसहित यो मुलुक हेर्न ठीक हुन्छ अर्कोबाट राम्रो हुँदैन, खर्च पनि बढी हुन्छ । पूरा कारण र तर्कसहित पठाउँदा पनि सुनुवाइ भएको छैन ।' मलेसिया र सिंगापुर जोडिएका मुलुक हुन् तर थाइल्यान्डबाट हेरिन्छ । त्यस्तै पाकिस्तानबाट इराक हेरिन्छ, जबकि कुवेतबाट हेर्न सकिन्छ । 'अब पहिलेको जस्तो साना मुलुकबाट ठूला मुलुक हेर्न नमिल्ने भन्ने शीतयुद्धकालीन अवस्था छैन । विश्वमा धेरै परिवर्तन भइसकेका छन् तर हाम्रो सोचाइ उस्तै छ,' ती राजदूतले भने ।

सुदूर पश्चिम १३ दिनदेखि बन्द



कैलाली/कञ्चनपुर, भदौं १ । १३ दिनदेखिको बन्दका कारण सुदूर पश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।अखण्ड सुदुरपश्चिम पक्षधर र थारु कल्याणकारी सभाले गरेको दोहोरो बन्दको कारण यस भेगकै जनजीवन चौपट बनेको हो ।कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारीसभाले बन्दको आह्वान गरेको हो भने सुदुरपश्चिमका सात पहाडी जिल्ला अखण्ड राखिनुपर्ने माग गर्दै अखण्ड सुदुरपश्चिम पक्षधरले बन्दको आह्वान गरेका हुन् ।बन्दका कारण सुदूरपश्चिमकै ९ जिल्लामा यातायात र शैक्षिकसंस्था ठप्प बनेका छन् । पसल भने आंशिकरुपमा सञ्चालनमा छन् ।बन्दका कारण भारतबाट आउने यात्रु, दैनिक मजदुरी गरी जिविका चलाउने मजदुर र सर्वसाधारण बढी मारमा परेका छन् ।लगातारको बन्दका कारण कैलाली–कञ्चनपुरसहित पहाडी जिल्लाहरुमा इन्धन, खाद्यान्न र ग्यांसको अभाव भएको छ ।यसैबीच, सोमबार धनगढीमा थारु कल्याणकारी सभाले आयोजना गरेको आमसभालाई विभिन्न दलका नेताहरुले सम्बोधन गरेका छन् ।वैद्य माओवादीका सचिव देव गुरुङ, रानाथारु संघर्ष समितिका संयोजक मालामती राना, नेपाली काँग्रेसका सभासद तेजुलाल चौधरी लगायतले सम्बोधन गरेका थिए ।थरुहट पक्षधरको सभा अवरोध गर्न अखण्ड सुदूरपश्चिम पक्षधरले ठाउँमा ठाउँमा प्रदर्शन गरेका थिए ।केही ठाउँमा दुई पक्षबीच दोहोरो झडप समेत भयो भने प्रहरीले थुप्रै सेल अश्रुग्यास प्रहार गरेको थियो ।

संविधानको मस्यौदा बनाउन अझै केही दिन लाग्ने


काठमाडौं, श्रावण ३२ । संविधानसभाअन्तर्गतको मस्यौदा समितिले संविधानको मस्यौदा बनाउन अझै केही दिन लाग्ने जनाएको छ ।विवादित विषयमा सहमति जुट्न नसकेपछि समितिले मस्यौदा लेखनको काम निर्धारित समयमा नसक्ने जनाएको हो ।संविधानसभाले समितिलाई सोमबारसम्म मस्यौदा तयार पार्ने जिम्मेवारी दिएकोथियो ।तर शीर्ष नेताहरुले संघीयताको सिमांकनलगायतका विषयमा सहमति जुटाउन नसकेका कारण मस्यौदा समितिसमेत प्रभावित भएको हो ।
समितिको सोमबारको बैठकपछि सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा लेखनको काम सम्पन्न गर्न अझै केही दिन लाग्ने जानकारी दिए ।
                                       त्यसैगरी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले असन्तुष्ट पक्षहरुसँग छलफल गरी सबैका सुझाव समेट्ने गरी काम गरिने बताए ।उनले प्रारम्भिक मस्यौदामाथि आएका सुझावलाई समेट्न र असन्तुष्ट पक्षहरुसँग वार्ता गरी मस्यौदा तयार पार्न थप केही समय लाग्ने बताए ।संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले तयार पारेको प्रतिवेदनमाथि संविधानसभामा छलफलपछि मस्यौदा समितिलाई संविधानको विधेयक तयार पार्ने जिम्मेवारी दिइएको थियो ।समितिलाई पाँच दिनभित्र विधेयक तयार पार्न संविधानसभाले निर्देशन दिएको थियो । समितिलाई दिइएको समय सीमा सोमबार सकिँदै छ ।

गोली चल्यो जुम्लामा:प्रहरीले तीन राउण्ड गोली चलाए

जुम्ला, श्रावण ३२ । कर्णालीलाई संघिय संरचनामा सुदुरपश्चिमसंग गाभेको र विशेष अधिकार सहितको कर्णाली प्रदेशको माग गर्दै जुम्लामा सुरु भएको कर्णाली आन्दोलनको नवौ दिन आज (सोमबार) जुम्लामा गोली चलेको छ ।
कर्फ्युको अवज्ञा गरेको भन्दै प्रहरीले तीन राउण्ड गोली चलाएको हो ।कर्फ्युकैबीच आन्दोलनकारीहरुले सरकारी कार्यालयको बोर्ड निकालेर फ्याकिदिएपछि प्रहरीले गोली चलाएको हो ।कृषि अनुसन्धा केन्द्र राजिकोट र जिल्ला वनस्पति कार्यालयको साइनबोड आन्दोलनकारीहरुले जफत गरेका छन् ।जुम्लामा लागेको अनिश्चितकालिन कफ्र्यूको अवज्ञा गर्दै गाउँ गाउँबाट खलंगा तर्फ मानिसहरु आइरहेका छन् ।जुम्ला पुरानो वसपार्कमा नारा जुलुर गर्दै टायर जलाएर कफ्र्यूको अवेज्ञा गरेका हुन् । उनीहरु नारा जुलुस गर्दै खलंगा आउने तयारी गरिरहेका छन् ।आइतबार खलंगा बजारमा शान्तिपूर्ण आन्दोलन गरिरहेका वेला प्रहरीले गोलीचलाएको विरोधमा उनीहरु सडकमा उत्रिएका हुन्

शसस्त्रका हवल्दार घाइते :आफैंले बोकेको बन्दुक पड्किँदा



नवलपरासी, श्रावण ३२ । आफैंले बोकेको बन्दुक पड्किँदा नवलपरासीस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा बेस क्याम्प बेलासपुरका शसस्त्र प्रहरी हवल्दार काशिराम विक घाइते भएका छन् ।
वेलासपुरमा भएको आन्दोलनमा खटिएका विकले बोकेको बन्दुक पड्किँदा उनी घाईते भएका हुन् ।
उनको देबे्र खुट्टामा गोलीलागेको छ । घाईते विकको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको  छ