Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, August 17, 2015

सुदूर पश्चिम १३ दिनदेखि बन्द



कैलाली/कञ्चनपुर, भदौं १ । १३ दिनदेखिको बन्दका कारण सुदूर पश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।अखण्ड सुदुरपश्चिम पक्षधर र थारु कल्याणकारी सभाले गरेको दोहोरो बन्दको कारण यस भेगकै जनजीवन चौपट बनेको हो ।कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारीसभाले बन्दको आह्वान गरेको हो भने सुदुरपश्चिमका सात पहाडी जिल्ला अखण्ड राखिनुपर्ने माग गर्दै अखण्ड सुदुरपश्चिम पक्षधरले बन्दको आह्वान गरेका हुन् ।बन्दका कारण सुदूरपश्चिमकै ९ जिल्लामा यातायात र शैक्षिकसंस्था ठप्प बनेका छन् । पसल भने आंशिकरुपमा सञ्चालनमा छन् ।बन्दका कारण भारतबाट आउने यात्रु, दैनिक मजदुरी गरी जिविका चलाउने मजदुर र सर्वसाधारण बढी मारमा परेका छन् ।लगातारको बन्दका कारण कैलाली–कञ्चनपुरसहित पहाडी जिल्लाहरुमा इन्धन, खाद्यान्न र ग्यांसको अभाव भएको छ ।यसैबीच, सोमबार धनगढीमा थारु कल्याणकारी सभाले आयोजना गरेको आमसभालाई विभिन्न दलका नेताहरुले सम्बोधन गरेका छन् ।वैद्य माओवादीका सचिव देव गुरुङ, रानाथारु संघर्ष समितिका संयोजक मालामती राना, नेपाली काँग्रेसका सभासद तेजुलाल चौधरी लगायतले सम्बोधन गरेका थिए ।थरुहट पक्षधरको सभा अवरोध गर्न अखण्ड सुदूरपश्चिम पक्षधरले ठाउँमा ठाउँमा प्रदर्शन गरेका थिए ।केही ठाउँमा दुई पक्षबीच दोहोरो झडप समेत भयो भने प्रहरीले थुप्रै सेल अश्रुग्यास प्रहार गरेको थियो ।