Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, August 17, 2015

संविधानको मस्यौदा बनाउन अझै केही दिन लाग्ने


काठमाडौं, श्रावण ३२ । संविधानसभाअन्तर्गतको मस्यौदा समितिले संविधानको मस्यौदा बनाउन अझै केही दिन लाग्ने जनाएको छ ।विवादित विषयमा सहमति जुट्न नसकेपछि समितिले मस्यौदा लेखनको काम निर्धारित समयमा नसक्ने जनाएको हो ।संविधानसभाले समितिलाई सोमबारसम्म मस्यौदा तयार पार्ने जिम्मेवारी दिएकोथियो ।तर शीर्ष नेताहरुले संघीयताको सिमांकनलगायतका विषयमा सहमति जुटाउन नसकेका कारण मस्यौदा समितिसमेत प्रभावित भएको हो ।
समितिको सोमबारको बैठकपछि सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा लेखनको काम सम्पन्न गर्न अझै केही दिन लाग्ने जानकारी दिए ।
                                       त्यसैगरी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले असन्तुष्ट पक्षहरुसँग छलफल गरी सबैका सुझाव समेट्ने गरी काम गरिने बताए ।उनले प्रारम्भिक मस्यौदामाथि आएका सुझावलाई समेट्न र असन्तुष्ट पक्षहरुसँग वार्ता गरी मस्यौदा तयार पार्न थप केही समय लाग्ने बताए ।संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले तयार पारेको प्रतिवेदनमाथि संविधानसभामा छलफलपछि मस्यौदा समितिलाई संविधानको विधेयक तयार पार्ने जिम्मेवारी दिइएको थियो ।समितिलाई पाँच दिनभित्र विधेयक तयार पार्न संविधानसभाले निर्देशन दिएको थियो । समितिलाई दिइएको समय सीमा सोमबार सकिँदै छ ।