Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, September 1, 2015

वीरगन्जमा आन्दोलनकारीले दुइ वटा सवारी साधनमा आगजनी

पर्सा: पर्साको वीरगन्जमा आन्दोलनकारीले दुइ वटा सवारी साधनमा आगजनी गरेका छन्। उनीहरुले आन्तरिक राजस्व कार्यालयमा राखिएको बा १ झ २७ २५ नम्बरको सेन्ट्रो कार ना १झ ७९१ नम्बरको बलेरो जीपमाथि आगजनी गरेका हुन्। 
आन्दोलनकारीले बिहानैदेखि कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन गरिरहेका छन्। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले वीरगञ्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार दिउँसो ४ बजेबाट नै अनिश्‍चितकालिन लगाएको कर्फ्यु लगाए पनि आन्दोलनकारीले भने कर्फ्युको उल्लंघन गर्दै पर्साको लक्ष्मणवा चोक, गण्डक, मुर्ली, छपकैंयालगायतका स्थानमा प्रदर्शन गरिरहरेका छन्।
प्रहरी र आन्दोलनकारीबीचको झडपमा परी मंगलबार १५ जना आन्दोलनकारी घाइते भएका छन्। यसअघि सोमबार भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए। 


नयाँ संविधानमा हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राप्रपा नेपालले संविधानसभा घेराउ

काठमाडौं, भदौ १५ । राप्रपा नेपालले संविधानसभा घेराउ गर्दैछ । मध्यान्ह दशरथ रंगशालाबाट निस्किएको जुलुस माइतीघर हुँदै नयाँ बानेश्वरमा पुगेर संविधानसभा घेराउ गरेको हो ।
नयाँ संविधानमा हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राप्रपा नेपालले संविधानसभा घेराउ कार्यक्रम आयोजना गरेको हो । हिन्दु राष्ट्र कायम नभएसम्म संघर्ष जारी राख्ने सो पार्टीले जनाएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा कार्यकर्ताहरु संविधानसभा घेराउमा सहभागी भएका छन् ।
संविधानसभा आसपास सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ । प्रहरीले नयाँ बानेश्वर चोक आसपास जुलुस प्रदर्शनमा रोक लगाएको छ ।