Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, September 2, 2015

धनगढी र टीकापुरको जनजीवन सामान्य

कैलाली, भदौ १७ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको कर्फयुको समय घटाएसंगै लगातारको निषेधाज्ञाबाट प्रभावित जनजीवन केही सामान्य बन्न थालेको छ ।
निषेधाज्ञाको समय घटाएसँगै धनगढी र टीकापुरमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ ।
स्थानीय प्रशासनले धनगढीमा दैनिक चार घन्टा र टीकापुरमा बिहानको समयमा निषेधाज्ञा फुकुवा गरेपछि जनजीवन सामान्य बन्न थालेको हो ।
निषेधाज्ञाको समय छोट्याउँदै स्थानीय प्रशासनले धनगढीमा बिहीबार मध्याह्न १२ बजेबाट अपराह्न ४ सम्म निषेधाज्ञा जारी गरेको छ ।
यसैगरी टीकापुर नगर क्षेत्रमा लगाइएको २४ घन्टे निषेधाज्ञाको समय बिहानको समयमा फुकुवा गरिएको छ । टीकापुरमा बिहान ७ देखि ११ बजेसम्म निषेधाज्ञा फुकुवा गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

जनकपुर निषेधित घोषणा

जनकपुरधाम : आन्दोलनरत मधेशी मोर्चा तथा प्रहरीबीच झडप बढेपछि जनकपुरमा आज दिउँसो १२ बजे देखि स्थानीय प्रशासनले निषेधित घोषणा गरेको छ ।

धनुषाको सरकारी कार्यालय क्षेत्रलाई सुरक्षित राख्न जनकपुर उपमहानगपालिका–७ पुलचोकदेखि कदमचोकसम्मको बाटो, वडा नं. ४ को मशान घाटदेखि जिल्ला अदालतको बाटो र उत्तीमपुर कोलेनिका कार्यालयदेखि आन्तरिक राजश्व कार्यालय सम्मको क्षेत्रलाई  निषेधित क्षेत्र घोषणा गरिएको हो ।

स्थानीयप्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यी क्षेत्रहरुमा पाँचजना भन्दा बढीको समूहमा हिँडडुल गर्न, सभा तथा जुलुस र प्रदर्शनमा रोक लगाइएको प्रजिअ पराजुलीले बताए  ।

बुधबार विहानैदेखि प्रर्दशनकारीले मुरली चोकस्थित जनकपुर अञ्चल प्रहरी कार्यालयलाई लक्षित गरी टायर बाली नाराजुलुश गरेपछि सयौंको संख्यामा प्रहरी खटाइएका छन् ।
सो क्षेत्रमा अहिले प्रहरी र प्रर्दशनकारीबीच ढुंगामुढा भइरहेको छ । अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको छ ।

यता, मोर्चाका कार्यकर्ताहरुले दिउँसो २ बजेदेखि निषेधित क्षेत्रहरुमा प्रर्दशन गर्ने सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहले जानकारी दिए । निषेधित क्षेत्रहरुमा प्रहरीको बाक्लो उपस्थिति छ । 

केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल

काठमाडौं, भदौ १६ । नेकपा एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ ।
दुई नेताबीच बुधबार सिंहदरवारमा संघीय प्रदेशहरुको सीमांकनको विषयलाई लिएर देशका विभिन्न भागमा जारी आन्दोलन र समाधानका लागि गर्नुपर्ने प्रयासहरुबारे छलफल भएको हो ।
छलफलमा दुबै नेताले तत्काल वार्ता थालेर असन्तुष्ट पक्षलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराउनेमा जोड दिएको बताइएको छ ।
यस्तै साझा धारणा बनाएर संविधानको विधेयकमा संशोधन प्रस्ताव राख्ने विषयमा पनि छलफल भएको जनाइएको छ । 

प्रधानमन्त्री वार्ताबाटै निकास खोज्न तयार

जनजाति नेतालाई प्रधानमन्त्रीले भने– वार्ताबाटै निकास खोज्न तयार छौ

काठमाडौं, भदौ १६ । प्रधानमन्त्री सुशील कोइरालाले हत्या, हिंसा र आन्दोलनले मुुलुकलाई निकास नदिने भन्दै वार्ताकै माध्यमबाट निकास खोज्न आफू तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आदिवासी जनजाति बृहत संयुक्त मोर्चासँगको भेटमा प्रधानमन्त्री कोइरालाले सबैमा शान्तिको चाहना भए आन्दोलन, तोडफोड, हत्या, हिंसा छाडेर वार्तामा आउन आग्रह गरे ।
शान्तिको भाषण गरेर मुलकलाई अशान्तिमा परिणत गर्न खोजे दूर्भाग्य हुने भन्दै उनले सद्भाव, मेलमिलाप र वार्ताबाटै निकास निस्कनेमा आफू ढुक्क रहेको बताए । शान्तिपूर्ण माग राख्ने सबैको अधिकार सुरक्षित भएको भन्दै कोइरालाले जारी हुन लागेको लोकतान्त्रिक संविधानमा सबैका हक, अधिकार सुरक्षित हुने पनि बताए ।
कोइरालाले आदिवासीका माग सम्बोधन हुने भन्दै आन्दोलनमा नगई वार्ताको माध्यमबाटै संविधान निर्माणमा सघाउन आग्रह गरे ।
आदिवासी नेताहरुले भने संवैधानिक आदिवासी, जनजाति आयोग बन्नुपर्ने, नयाँ बन्ने संविधानमा जनजातिका हक, अधिकार सुनिश्चित हुनुपर्नेलगायतका ११ सूत्रीय माग राखेका थिए ।