Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, August 25, 2015

कोख भाडामा दिन रोक्न सर्वोच्चको आदेश

 सर्वोच्च अदालतले सरोगेसी मदर (कोख भाडामा दिने आमा) मार्फत बच्चा जन्माउने कार्य तत्काल रोक्न मंगलबार सरकारलाई अन्तरिम आदेश दिएको छ।
निःसन्तानका लागि 'सरोगेसी मदर' को विधि र प्रक्रिया मानवमूल्यविरुद्ध रहेको दाबीसहित दायर दुईवटा रिट निवेदनमा सुनुवाइपछि प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सरकारलाई यस्तो आदेश दिएको हो।

महिलाको अंगलाई भाडामा प्रयोग गर्ने गलत उद्देश्यले सरकारले राष्ट्रिय स्वास्थ्य नीति, २०७१ जारी गरेको दाबीसहित अधिवक्ता प्रविन पन्दाक, कुमार श्रेष्ठ, राजेश्वरी महर्जन तथा पुष्पराज पाण्डेद्वारा आइतबार रिट दायर भएको थिस्वास्थ्य नीतिमा बाँझोपनलाई सरोगेसीसम्बन्धी कानुनद्वारा व्यवस्थित गर्ने रणनीति तय हुने भनिएको छ । कुनै कानुनी पूर्वाधार नभएको अवस्थामा स्वास्थ्य मन्त्रालयको गत २०७१ कात्तिक २८ गतेको पत्रअनुरूप केही अस्पतालले सरोगेसी (भाडाको कोख) सेवा दिइरहेको देखिन आएको दाबी रिट निवेदकको थियो।
सर्वोच्चले प्रजनन स्वास्थ्य मौलिक हकको विषय भएको तथा जीवनलाई व्यापारका रूपमा नेपाल कानुनले मानेको अवस्था नरहेको अन्तरिम आदेशमा जनाएको छ। सर्वोच्चले सरोगेट मदरको असरका विषयमा विभिन्न प्रश्नसमेत उब्जाएको छ।सरोगेसी कार्यलाई नेपालमा मान्यता दिनेनदिने, त्यस्तो प्रक्रियाबाट जन्मिने बच्चाउपर आमा वा बाबुको के कस्तो हक रहने ? कोख भाडामा लिएको महिलाको शरीर वा जीवनको शोषण नहुने व्यवस्था कसरी गर्ने ? बच्चाको उपर आमाबाबुको कस्तो हक वा दायित्व हुने ? निजको समाजमा हक के कस्तो रहने ? महिलाको कोखको व्यापारिक प्रयोजन गर्न मिल्ने नमिल्ने ? त्यस्तो बच्चाको नागरिकता, जन्ममृत्यु घटनाको दर्ता वा प्रमाणिकता के हुने ? देशान्तर वा स्थानान्तरण केकस्तो अवस्थामा हुने ? व्यवस्थापन तथा उत्तरदायित्वको विषय के हुने जस्ता प्रश्न सर्वोच्चले उब्जाउँदै यो विषय गम्भीर, मानवीय, कानुनी एवं सामाजिक परिणाम सन्निहित रहेकाले सरोगेसीसम्बन्धी स्वास्थ्य मन्त्रालयको पत्र अघि नबढाउन तथा तत्काल स्थगन गर्न आदेशमा भनिएको छ।
'अन्य कुनै अस्पताल, नर्सिङ होम वा स्वास्थ्य सेवा प्रदान गर्ने निकायलाई कुनै तरिकाले प्रत्यक्ष वा परोक्ष रूपमा अनुमति नदिनु नदिलाउनू,' आदेशमा लेखिएको छ, ‘साथै यो आदेशको कार्यान्वयनको अनुगमन गरी त्यसको प्रतिवेदन प्रत्येक महिना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अदालतमा पेस गर्नू।'अधिवक्ता प्रविन पन्दाकले बहसका क्रममा महिला मानव अस्तित्वको जननी रहेकाले बिक्रीको साधन बन्न दिन नहुने जिकिर लिँदै सरोगेसीका कारण मानव अंगको प्रयोग, महिलाको शरीरको व्यापार, जन्मेको बच्चाको हस्तान्तरण तथा उत्पादन, सम्बन्धित पक्षले आर्थिक लाभ लिने र व्यापारिक क्रियाकलापमार्फत खरिदबिक्री हुने भएकाले भविष्यमा दुष्परिणाम ल्याउने तर्क गरिन्। 



प्रहरी चौकीमा आगो लगाईयो

रौतहट, ९ भदौ । मठिया गाविसमा रहेको प्रहरी चौकीमा केही आपराधिक समूहले हिजाे साँझ आगो लगाई क्षति पु¥याएको छ ।
प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार जिल्ला सदरमुकाम गौरमा उत्पन्न असहज परिस्थितिपछि प्रहरीको गोली लागी मठिया गाविस–६ बस्ने राजकिशोर ठाकुरको मृत्यु भएपछि साँझ ५ः०० वजेतिर असामाजिक तत्वसहितको आपराधिक समूहले प्रहरी चौकीको भान्सा घरमा आगो लगाएका थिए ।
प्रहरीको गोली लागी ठाकुरको मृत्यु भएपछि मठिया गाविसका आक्रोशित आपराधिक समूहले आगो लगाई क्षति पु¥याएको उहाँले बताउनुभयो । आगलागी हुँदा उक्त प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम गौरमा रहेको जिल्ला प्रहरी कार्यालयमा आइपुगेका थिए । सो समूहले उक्त प्रहरी चौकीको भवनमा समेत क्षति पु¥याएका छन् ।
गौर–चन्द्रनिगाहपुर सडक खण्डको दायाँबायाँ एक किमी सडक तथा गौर नगरपालिकाका सबै वडालाई अनिश्चितकालीन दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएपछि अहिले साँझदेखि आन्दोलनकारी घर फर्किएको र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हाल गौरको अवस्था सामान्य रहेको र स्थितिलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताउनुभयो । उहाँका अनुसार दङ्गाग्रस्त क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा बैठक, प्रदर्शन, पोस्टर, पर्चा लेख्न वा टाँस्न निषेध गरिएको अवस्थामा स्थानीय कविर चोकमा प्रदर्शनकारी भेला भएको र सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुङ्गामुढा प्रहार भएपछि बाध्य भएर गोली चलाउँदा एक जनाको मृत्यु भएको हो । शव परीक्षणका लागि अहिले गौर अस्पतालमा राखिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा गरिएको विरोध प्रदर्शनका क्रममा एकको मृत्यु भएपछि सम्भावित ध्वंसात्मक कार्यप्रति संवेदनशील भई थप सतर्कता बढाइएको प्रजिअ मदन भुजेलले बताउनुभयो । उहाँले जातीय सद्भाव भड्काउने र साम्प्रदायिक सद्भाव खलल पु¥याउने कुनै पनि कार्य नगर्न तथा संयमता अपनाउन सवै पक्षलाई आग्रह गर्नुभयो ।

धादिङको चिसापानीमा भ्यान दुर्घटना : एक जनाको मृत्यु ६ घाईते

धादिङ, भदौ ९ । धादिङको चिसापानीमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएका छन् । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
मंगलबार राति साढे ११ बजे सडक छेउमा रोकी राखेको बा२ख ४०४५ नम्बरको भ्यान अचानक गुडेर खोल्सामा खसेको हो । दुर्घटना पश्चात चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धादिङ फुलखर्ककी ७० वर्षीया बृद्धा बुनाकुमारी बिक, ३७ वर्षीय चेतबहादुर बिक, ५ वर्षीया सीमा बिक, २३ वर्षीय मिलन राना, १९ वर्षीय रामकाजी राना र नाम थर खुल्न नसकेकी एक महिला घाइते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।


सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरी कारवाहीमा

काठमाडौं, ८ भदौ । कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहितका प्रहरीहरु मारिने गरी भएको घटनामा थारु आन्दोलनकारीलाई सहयोग गरेको आरोप लागेका सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरी कारवाहीमा परेका छन् ।सरकारले डीआइजी चौधरीसहित नेपाल प्रहरीका डीआइजी रामकुमार खनाल र कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई पनि कारवाही गरेको छ ।घटनामा शान्तिसुरक्षा दिन नसकेको, पूर्वतयारी नगरेको, सशस्त्र प्रहरी मुकदर्शक बनेर व्यारेक फर्किएको, स्थानीय प्रशासनले गलत सूचना सम्प्रेण गरेको लगाएका आरोपमा गृह मन्त्रालयले तीनै जनालाई २४ घण्टे कारवाही गरी हेडक्वाटर तानेको हो ।
               डीआईजी चौधरी र खनाललाई हेडक्वाटरमा तानिएको छ भने, सिडियो श्रेष्ठलाई गृहमन्त्रालयमा तानिएको हो । यसअघि सशस्त्रका डीआईजी चौधरीमाथि थारु आन्दोलनकारीलाई सहयोग गरेको आरोप लागेको थियो ।
टीकापुर घटना लगत्तै कैलालीको धनगढीमा अखण्ड सुदूरपश्चिम पक्षधर प्रदर्शनकारीले डीआइजी चौधरीले थारु आन्दोलनहरुलाई सहयोग गरेकै कारण अप्रिय घटना भएको भन्दै उनको राजीनामा मागेका थिए । कैलालीमा हिंसा नियन्त्रण गर्न प्रभावकारी भूमिका नखेलेको आरोप लगाउँदै प्रदर्शनकारीहरुले डीआइजी चौधरीको तत्कालै राजीनामा दिनुपर्ने बताएका थिए ।
               सशस्त्रका डीआइजी चौधरी चनाखो भएको भए कैलालीको टीकापुर क्षेत्रमा हिंसा नहुने उनीहरुको भनाई रहेको थियो ।घटनामा नेपाल प्रहरीले नसकेपछि बल प्रयोग गर्ने दायित्व सशस्त्रको प्रहरीको भएपनि सशस्त्र प्रहरी मुकदर्शक बनेको थियो । क्षेत्रीय डिआइजी चौधरीले समेत निषेधित क्षेत्रमा थारुहरुले हान्न आउँदा समेत बल प्रयोग गर्न निर्देशन दिएनन् । जसका कारण टिकापुरको झडपमा नेपाल प्रहरीका एसएसपी न्यौपानेसहित नेपाल प्रहरी र सशस्त्रकै झण्डै एक दर्जन सिपाहीको ज्यान गएको एक उच्च अधिकारीले बताए । उनका अनुसार, चर्चरोड र मनुवा चोकमा हजारौँ आन्दोलनकारी घरेलु हतियारसहित ओइरिंदै गर्दा सशस्त्र प्ररी भने बल प्रयोग नगरी आफ्नो ब्यारेकभित्र छिरेर बसेको थियो ।


सुनसरीमा गर्भवती बोकेर गुडेको एम्बुलेन्सै तोडफोड

सुनसरी, भदौ ८ । थरुहट संघर्ष समितिको आन्दोलनका कारण सुनसरीको दुहबी भलुवा नगरपालिकामा तनाव सिर्जना भएको छ ।

सुनसरीको दुहबी नगरपालीका, औरावनी, सिमरियालगायतका गाविसबाट आएका थरुहट कार्यकर्ताले मंगलबार दुहवीमा प्रदर्शन गरेका हुन् ।

गृहमन्त्री बामदेव गौतमको राजीनामा माग्दै प्रर्दशनकारीले लाठी जुलुस निकालेपछि दुहबी भलुवा नगरपालिकामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रर्दशनकारीले दुहबीमा गर्भवती महिला बोकेर विराटनगर जाँदै गरेको एउटा एम्बुलेन्स नै तोडफोड गरेका छन्