Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, September 9, 2015

बिहीबार कुनै पनि बन्दको कार्यक्रम नरहेको

काठमाडौं : राप्रपा नेपालले बिहीबार कुनै पनि बन्दको कार्यक्रम नरहेको जनाएको छ । राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बिहीबार कुनै बन्द/हडताल र आन्दोलनका कार्यक्रम नराखिएको बताएका हुन् ।

उनले राप्रपा नेपालले बन्दको कार्यक्रम नराखेको जनाउँदै हल्लाको पछि नलाग्न अपिल गर्दै सो कुराको खण्डन गरेका हुन् । राप्रपा नेपालले बिहीबार नेपाल बन्द गर्न लागेको हल्लाले सर्वसाधरण समस्यामा परेका थिए 


आमाको नाममा नागरिकता नपाउँदा अनेक समस्या

आमाको नाममा नागरिकता नपाउँदा अनेक समस्या (भिडियो हेर्नुहोस)

काठमाडौं, भदौ २४ । संविधान जारी हुने अन्तिम तयारीमा रहेका बेला आफ्ना एजेन्डा समावेश गर्न माग गर्दै अहिले पनि विभिन्न समूह आन्दोलनरत छन् । महिलाहरु आमाको नामबाट नागरिकता दिने व्यवस्था संविधानमा सुनिश्चित गर्नुपर्नेलगायत माग गर्दै सडकमा ओर्लिएका छन् । (भिडियो रिपोर्ट)