Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, September 9, 2015

बिहीबार कुनै पनि बन्दको कार्यक्रम नरहेको

काठमाडौं : राप्रपा नेपालले बिहीबार कुनै पनि बन्दको कार्यक्रम नरहेको जनाएको छ । राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बिहीबार कुनै बन्द/हडताल र आन्दोलनका कार्यक्रम नराखिएको बताएका हुन् ।

उनले राप्रपा नेपालले बन्दको कार्यक्रम नराखेको जनाउँदै हल्लाको पछि नलाग्न अपिल गर्दै सो कुराको खण्डन गरेका हुन् । राप्रपा नेपालले बिहीबार नेपाल बन्द गर्न लागेको हल्लाले सर्वसाधरण समस्यामा परेका थिए