Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, October 6, 2015

नेपाल बिरुद्ध मोर्चाले ४० लाख हस्ताक्षर यूएनमा बुझाइने

नेपाल राजनितिक पार्टी बिरुद्ध अभियान सफल पार्नको लागि मधेशी कार्यकरताले ४० लाख हस्ताक्षर यूएनमा बुझाइने भनी Google मा थरुहट मधेसको आन्दोलनलाई अन्तराष्ट्रियक अन्तराष्ट्रियकरण गर्ने भएको छ। यसका लागि तराई मधेसबाट कम्तिमा ४० लाख हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्र संघका महासचिवलाई हस्तान्तरण गरिने मोर्चाले जनाएको छ । मंगलबार वीरगन्जको घन्टाघरबाट एक हप्ते हस्ताक्षर अभियान थालिएको छ । अान्दोलनमा समर्थन जुटाउन र जारी गरिएको नयाँ संविधानमा थरुहट/मधेसीका हक/अधिकार सुनिश्चित गर्न हस्ताक्षर अभियान सुरु गरिएको मोर्चाले जनाएको छ ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य राजकुमार यादवका अनुसार मधेस आन्दोलनलाई अन्तराष्ट्रियकरण र यूएनको समर्थन जुटाउन लागि अभियान थालिएको हो । 'मधेसका विभिन्न सहर, गाउँमा अभियान सञ्चालन गरि न्यूनतम ४० लाख हस्ताक्ष्ार संकलन गरिने छ,' उनले भने, 'शन्तिपूर्ण आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्ने अभियान हो । 
 मोर्चाले यस प्रकारको ऑनलाइन फॉर्म  फॉर्म जारी गरेको छ ........
यस अभियान सफल पार्नको लागि Online हस्ताक्षर गर्न यहाँ क्लिक गर्नुहोसhttps://docs.google.com/…/10cHeq8NQcYh3nmFbCo2M-E_…/viewformआफ्नो नाम, ईमेल ठेगाना र स्थाई ठेगाना भर्नुहोस् , त्यसपछि Submit मा क्लिक गर्नुहोस।


भारतीय दूतावासले पनि माग्यो तेल

काठमाडौं, २० असोज - अघोषित नाकाबन्दी गरिरहेको भारथतकै दूतावासले इन्धन उपलब्ध गराइदिन नेपाल आयल निगमसँग आग्रह गरेको छ। दूतावासले सोमबार फ्याक्समार्फत पत्र पठाएर इन्धन मागेको छ।

इन्धनको आपूर्तिमा आफैँ बन्द गर्ने अहिले फेरि आफैँ इन्धन उपलब्ध गराइदिनु भन्दै पत्राचार गरेको छ, निगमका एक अधिकारीले भने । तराई क्षेत्रमा भएको आन्दोलन र अघोषित नाकाबन्दीले आपूर्तिमा समस्या हुँदै आएको छ।


दोलखालाई केन्द्रबिन्दू बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, २० असोज - आज असोज २० गते बुधबार बिहान ५ बजेर १५ मिनेट जाँदा दोलखालाई केन्द्रबिन्दू बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रको उल्लेखित तालिकामा उल्लेख गरिएको छ।

यस अगाडी हिजो मंगलबार पनि ५ बजेर ४७ मिनेट जाँदा यतिनै रेक्टर स्केलको भूकम्प गएको थियो।
गत बैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्प गएपछि अहिले सम्म पनि ससाना पराकम्पन आउनेक्रम जारी रहेको छ।

परिवार र आफन्तसँग सम्पर्कविहीन भई हराएका एक व्यक्तिको लाश बोराभित्र हालेर गाडेको अवस्थामा

रौतहट– परिवार र आफन्तसँग सम्पर्कविहीन भई हराएका एक व्यक्तिको लाश बोराभित्र हालेर गाडेको अवस्थामा भेटिएको छ।जिल्लाको लौकाहा–६ बस्ने २० वर्षीय शम्भु साह कलवारको लास बोराभित्र राखेर गाडेको अवस्थामा फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। शनिबार विआर ०५ एन २१८२ नम्वरको मोटरसाइकलसहित सम्पर्कबिहिन भएका कलवारले प्रयोग गरेको मोटरसाइकल र टिर्सट अजगैरी–४ मा बेवारिसे अवस्थामा सोमबार फेला परेको थियो। उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा देवाधी–८ स्थित सिसौघारीमा बोराभित्र शव हालेर गाडेको अवस्थामा फेला परेको थियो।

डा. बाबुराम भटृराई द्रारा रिपोट्ररस क्लब नेपाल दाङको आयोजनमा लमहीमा पत्रकार सम्मेलन |

                        
          दाङ,१९ असोज २०७२  सबै शक्तिलाई मिलाएर लग्ने पूर्व प्रधानमंन्त्री डा. बाबुराम भटृराई द्रारा रिपोट्ररस क्लब नेपाल दाङको आयोजनमा लमहीमा पत्रकार सम्मेलन पछि आमशभा सुरू हुदै|


Photo: Sagar Thapa

Photo:Sagar Thapa