Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, September 2, 2015

प्रधानमन्त्री वार्ताबाटै निकास खोज्न तयार

जनजाति नेतालाई प्रधानमन्त्रीले भने– वार्ताबाटै निकास खोज्न तयार छौ

काठमाडौं, भदौ १६ । प्रधानमन्त्री सुशील कोइरालाले हत्या, हिंसा र आन्दोलनले मुुलुकलाई निकास नदिने भन्दै वार्ताकै माध्यमबाट निकास खोज्न आफू तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आदिवासी जनजाति बृहत संयुक्त मोर्चासँगको भेटमा प्रधानमन्त्री कोइरालाले सबैमा शान्तिको चाहना भए आन्दोलन, तोडफोड, हत्या, हिंसा छाडेर वार्तामा आउन आग्रह गरे ।
शान्तिको भाषण गरेर मुलकलाई अशान्तिमा परिणत गर्न खोजे दूर्भाग्य हुने भन्दै उनले सद्भाव, मेलमिलाप र वार्ताबाटै निकास निस्कनेमा आफू ढुक्क रहेको बताए । शान्तिपूर्ण माग राख्ने सबैको अधिकार सुरक्षित भएको भन्दै कोइरालाले जारी हुन लागेको लोकतान्त्रिक संविधानमा सबैका हक, अधिकार सुरक्षित हुने पनि बताए ।
कोइरालाले आदिवासीका माग सम्बोधन हुने भन्दै आन्दोलनमा नगई वार्ताको माध्यमबाटै संविधान निर्माणमा सघाउन आग्रह गरे ।
आदिवासी नेताहरुले भने संवैधानिक आदिवासी, जनजाति आयोग बन्नुपर्ने, नयाँ बन्ने संविधानमा जनजातिका हक, अधिकार सुनिश्चित हुनुपर्नेलगायतका ११ सूत्रीय माग राखेका थिए ।