Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, October 7, 2015

दशैंका लागि जहाजबाट इन्धन ल्याउने तयारीमा जुट्यो निगम

काठमाडाैं, २१ असाेज - नेपाल आयल निगमले दशैंका लागि जहाजबाट इन्धन ल्याउने तयारीमा जुटेको छ । भारतले गर्दे आएको अघोषित नाकाले इन्धनको चरम अभाव हुन थालेपछि निगम यस्तो तयारीमा जुटेको हो ।

’चाडबाड  नजिकिएकाले सार्वजनिक सेवा/सवारीलाई समस्या पर्न दिदैनौ,’ निगमका  प्रवक्ता दिपक बरालले भने, ’इन्धनकै कारणले दशैैं खल्लो हुन दिदैंनौ । त्यसका लागि जहाजबाट भएपनि इन्धन ल्याउने छौं ।’ चाडबाडमा सार्वजनिक सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन यस्तो तयारी भएको बताए।

निगमका अनुसार इन्धनको हाहाकार रोक्न तत्कालका लागि हवाइजहाज र दीघ्रकालिन रुपमा उत्तरी नाकाबट ल्याउने बिकल्प  खोज्ने समेत निर्णय गरेको छ । आपूर्तिमा समस्या हुनथालेपछि बाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १४ गते आयल निगमलाई बैकल्पिक मार्ग  पहिचान गर्न निर्देशन  दिएको थियो ।

’अभावलाई तत्काल रोक्न बैकल्पीक उपायबाट आयात गरी लागत खर्च जोडेर मुल्य बिक्री गर्न निगमलाई निर्देशन दिइसकेका छौ,’ मन्त्रालयका आपूर्ति व्यवस्थापन तथा सस्थान शाखाका उपसचिव शिव प्रसाद त्रिपाठीले भने, ’त्यसका लागि  चाहिने गुणस्तर र प्रपोजल बनाउन निर्देशन दिएका छौँ।’