Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, October 15, 2015

आफुले काम गरेको रकम माग्दा कतारमा पाँच जना नेपाली युवतीहरु जेलमा

              बिहीबार, २८ असोज, काठमाडौं । आफुले काम गरेको तलब सुविजधा माग गर्दा पाँच जना नेपाली युवतीहरु जेलमा परेका छन् । कतारको एक कम्पनीले उनीहरुलाई अबैध रुपमा राखेर श्रम शोषण गरेको र तीन महिनादेखि तलब सुविधा नदिएको भन्दै उनीहरुले श्रम विभागमा उजुरी दर्ता गराएका थिए ।
उनीहरुको उजुरी लगत्तै उनीहरु कार्यरत कम्पनीले नै प्रहरी बोलाएर उनीहरुलाई पक्राउ गर्न लगाएको हो । पक्राउ पर्नेमा दोलखाकी रनकुमारी श्रेष्ठ, स्याङजाकी पिनकुमारी गुरुङ, मोरङकी मुना लिम्बु, सिन्धुलीकी राजकुमार सकर्नी र पर्वतकी उमा आले छन् ।
उनीहरु कर्निभल क्लिनिङ कम्पनीको स्पोन्सरमा कतार आएका थिए । त्यस कम्पनीले अर्को कम्पनी अल एखिटियार कम्पनीमा काम लगाएको थियो ।
उनीहरुले आफुले काम गरेको रकम माग्दा उल्टै गैर कानुनी रुपमा बसेको भन्दै कम्पनीले प्रहरी बोलाएर पक्रन लगाएको हो ।
पीडितका तर्फबाट रनकुमारी श्रेष्ठले दुतावासमा उजुरी दिएकी छिन् । दुतावासले भने उनीहरुको तलब सुविधा उपलब्ध गराउन पहल गर्ने बताएको छ ।
तलब माग्दा पाँच नेपाली युवती कतारको जेलमा