Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, October 14, 2015

जल गुफामा विराजमान जलेश्वरनाथ महादेव रुष्ट

         जलेश्वर,आश्विन २ गते ।जल गुफामा विराजमान जलेश्वरनाथ महादेव रुष्ट भएका छन । प्रत्येक महिनाको पहिलो सोमवार र शिवरात्रीको दिन विशेष दर्शन दिदै आएका महादेवले यसपाली भने दर्शन दिएनन । मधेश आन्दोलनमा निर्दोष मारिए देखि गुफाको जल जति निकाल्दा समेत लिङ्ग देखिएको छैन । 
पौरानिककालमा जगदिशनाथलाई मन्दिर परिसरमै रहेको बटवृक्ष मुनि स्वयम महादेवले यो ठाउमा मेरो गुफा छ यसलाई सवैको सामु ल्याउ भनेर दिएको आदेशानुसार सो उत्खनन गरिदा महादेवको गुफा भेटिएको र सोहि स्थानमा महादेवको मन्दिर निर्माण गरिएको थियो । मन्दिर उत्खननबेला देखिनै जलाम्य रहेकोले यसठाउलाई जलेश्वर नामाकरण गरिएको हो । गुफा भित्र सोर्ह सिढी (१२ देखि १४ फिट) माथीसम्म जल भरिएको हुन्छ ।
पहिले वर्षको ८ महिना पानी र ४ महिना सुख्खा रहने जलगुफा अहिले वार्है मास जलमय रहने गरेको छ । पहिले शिवरात्रीको दिन जल निकाल्ने गरिएको भएपनि पछि पछि प्रत्येक महिनाको सोमवार र सो पछि विशिष्ट व्यक्तीहरुको सेवामा समेत जथाभावी जलगुफाको जल निकालिन थालिएको थियो । गुफा भित्रको जलमा खुटटा छुदा महादेवलाई खुटटा लाग्ने भन्दै अझै धेरै शिवभक्तहरु गुफा सुख्खा रहेको वेला समेत गुफा भित्र प्रवेश गर्दैनन ।
जलेश्वरनाथ महादेवको जलगुफाबाट प्रसासनले जल निकाल्न जति प्रयास गरेपनि सफल हुन सकेका छैनन । गुफाबाट जति जल फ्याकेपनि लिङ्ग नदेखिनुमा शिव भक्तहरुले भगवान रुष्ट भएको भन्दै आ आफ्नै तर्क दिन थालेका छन । सवैको लागि दर्शन खुल्ला गरिएको, जथाभावी गुफाको जलमा खुटटा राखेर दर्शन गर्ने गरेको,प्रहरी दमनमा निर्दोष मारिएको र जथाभावी हाकिम खुसि पार्न जल निकाल्दा भगवान रिसाएको स्थानिय र शिवभक्तहरुको भनाई छ ।
पुजारी उपेन्द्र पाठक भने सही कारण थाहा नभएको र भगवानको ईच्छाको विपरित कसैले उनको दर्शन गर्न नसक्ने र उनलाई दर्शन दिने ईच्छा भएमात्र दर्शन गर्न सकिने बताउछन ।
स्मरण रहोस विगतमा जलगुफाको जल निकाल्न प्रयोग गरिएको कुनै पनि उपकरण काम नलागेको र यसलाई शिवको शक्ती मानी बाल्टीले जल निकालिन थालिएकोमा अहिले बाल्टीले समेत सो असम्भव भएको छ ।
यता जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशुली देवीको मन्दिर मंगलबारदेखि सर्वसाधारणका लागि खोलिएको छ ।
त्रिशुल धारण गरेकी त्रिशुली देवी भवानीको मन्दिर वर्षमा एकपटक केवल दशैंको दश दिन मात्रै दर्शनार्थीका लागि खुल्ला रहने र प्रतिमा दर्शन समेत गर्न सकिने पूजारी उपेन्द्र पाठक बताउछन । दशैंमा पूजारीले उनको दश दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणलाई दर्शन गर्न दिन खुल्ला राख्ने र भेटी चढाउन पाउने व्यवस्था रहेको बताउछन ।त्यसतै दशैमा त्रिशुली देवी ,सन्सारीमाई,राजदेवी मन्दिर, जलेश्वरको दुर्गाचोक,शंकरचोक,पिपरा,मटिहानी लगायतका स्थानमा बनाइएको दुर्गाको प्रतिमाको दर्शन गर्नेहरुको भिड बढेको छ ।