Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, October 14, 2015

इन्धन अभावमा ३० करोड ४८ लाख लागतको सडक निर्माण रोकियो

पाँचथर, असोज २८ । इन्धन अभाव भएपछि पाँचथरको फिदिमस्थित जोरसाल–तमोर नदीसम्मको सडक निर्माण कार्य रोकिएको छ ।
इन्धन अभावले एक सातादेखि सडक निर्माण कार्य अबरुद्ध भएको आयोजनाको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक तेजकुमार कुरुम्बाङले जानकारी दिए ।
इन्धनआपूर्ति सहज भएपछि मात्र काम सुचालु हुने आयोजनाले जनाएको छ । जोरसालदेखि तमोर नदीसम्मको १० किलोमिटर सडकखण्डको नालीको कटिङ, ग्राभेलको काम भइरहेको छ ।
२०७१ जेठ २७ गते सम्झौता भई काम सुरु गरेको आयोजना अढाई वर्षभित्र सक्नुपर्ने छ । ३० करोड ४८ लाख रुपैयाँको लागतमा निर्माण कार्य सुरु भएको हो ।