Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, October 15, 2015

लहानका आन्दोलनकारीहरुले आज सांकेतिक जंजिर जुलुस निकाले

             लहान ,असोज २९, २०७२ लहानका आन्दोलनकारीहरुले आज सांकेतिक जंजिर जुलुस निकालेका छन् I ‘मधेशी लाई गुलामी को जन्जिर बाट मुक्त गर ‘ नारा लगाउदै आन्दोलनकारीले फलामे जंजिरमा बधिएर सांकेतिक जुलुस प्रदर्शन गरेका छन् I संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र मधेशी युवा संघर्ष समितिको आयोजनामा निकालिएको जंजिर जुलुसले विगत सैयों वर्ष देखि मधेश र मधेशीलाई अहिलेको खस सरकारले गुलामीको जंजिरमा बाधी राखेको भन्दै यस गुलामीको जंजिर बाट मुक्त हुन् जोडदार मांग गर्दै प्रदर्शन गरेका छन् I विगत २ महिना देखि जारि रहेको आन्दोलनको आज ६१ औ दिन लहानको आन्दोलन चौक बाट निस्केको उक्त जंजिर जुलुस लहानको सहिद चौकमा पुगी कोण सभामा परिणत भएको थियो I कोण सभा लाई सम्बोधन गर्ने क्रममा पुर्व मन्त्रि राज लाल यादव , मधेशी युवा संघर्ष समितिका अध्यक्ष बालेश्वर यादव , तमलोपाका सिरहा जिल्ला सचिव राकेश झा ,सद्भावनाका सहमहासचिव राजु गुप्ता , मुस्लिम परिषद्का केन्द्रिय अध्यक्ष महमुद आलम , सद्भावना विद्यार्थी मंचका विजय यादवले आ -आफ्नो मन्तव्य राख्दै जब सम्म मधेश र मधेशी यो गुलामीको जंजिर बाट मुक्त हुदैन तब सम्म हाम्रो आन्दोलन जारि रहने कुरामा जोड दिएका छन् I