Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, October 15, 2015

काठमाडौंमा मधेशी विद्यार्थीमाथि कुटपिट

            काठमाडौं, २९, असोज । काठमाडौंमा एक मधेशी विद्यार्थीमाथि निर्घात कुटपित भएको छ । सामान्य विवाद हुँदा मधेशी विद्यार्थी सुनिल महतोमाथि कुटपिट भएको हो । कोटेश्वरस्थित जडीबुटी नरेफाँटमा डेरा गरी बस्ने महतोलाई एक पहाडी समुदायकी महिला बिन्दु शर्माले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।अरुसँगै सामान्य विवाद भइरहँदा सहजकर्ताको रुपमा झगडालाई छुटाउन गएका महतोलाई ती महिलाले ‘तँ मधेशी भएर यत्रो कुरा गर्ने’ भन्दै कुटपिट गरेकी थिइन् । ती महिलाले महतोको हातमा दाँतले काटेर उनको हातको छालासमेत निकालिदिएकी छन् । साथै उनीमाथि रडले समेत कुटपिट गरिएको बताइएको छ । 
           यस घटनाको मधेशी युथ थिंक ट्यांकले भत्र्सना गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेको छ । युथ थिंक ट्यांकका प्रशान्त झाले मधेशवाणीलाई भने, ‘यस्तो घटनाको हामी घोर निन्दा गर्दछौं र सामाजिक सद्भाव खलबलाउने तत्वहरुमाथि कडा कारबाहीको माग गर्दछौं ।’ दोषीमाथि हदैसम्मको कारबाही हुनुपर्ने माग समेत गरेको छ ।