Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, September 15, 2015

आङकाजी शेर्पाले मानसिक सन्तुलन गुमाएको उनका समर्थकले आरोप लगाए

काठमाडौं, ३० भदौ । सामाजिक सदभाव विगार्ने गरी अभिव्यक्ति दिएको भन्दै दुई हप्ता प्रहरी हिरासतमा बसेका जनजाति नेता आङकाजी शेर्पाले मानसिक सन्तुलन गुमाएको उनका समर्थकले आरोप लगाएका छन् ।
यसअघि सामाजिक सञ्जालमार्फत जथाभावी लेखेर सद्भाव भड्काउन खोजेको भन्दै जनजाति महासंघका पूर्व महासचिव समेत रहेका शेर्पालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा धरौटीमा छुटे लगत्तै सामाजिक फेसबुकमा अर्काे वितण्डा मच्चाएपछि समथर्कले उनलाई मानसिक सन्तुलन गुमाएको आरोप लगाएका हुन् ।
उनले आज बुधबारमात्रै आफ्नो फेसबुकबाट गुगल ब्वाई आदित्य दाहाल र आन्दोलनमा प्रहरीको गोली लागेर मारिएका ४ वर्षीय बालक कुन्दनको फोटो राखेर राज्यले विभेद गरेको सन्देश दिएका छन् ।
उनले लेखेका छन् :
बाहुन वालक र मधेसी वालक बीचको विभेद ।
(१) यो बाहुन बालक आधित्यको शैसवकाल नेपालमा वित्यो ।
हाँसी खेली सरकारको सहयोगमा अमेरिकामा उपचार अवसर मिल्यो ।
(२) यो मधेसी बालक कुन्दनको शैसवकाल नेपालमा वित्यो ।
आफनै घर आँगनमा खेल्दा प्रहरीले गोली हानी हत्या गर्यो
(३) एकल बाहुन जातिय राज्य नेपालमा भएको यो निर्मम जातिय विभेद ।
शान्तिपूर्ण आन्दोलनमाथीको वर्वरतापूर्ण दमनप्रति व्यक्त गरौ सबैले खेद ।
उनले यस्तो लेखेपछि समर्थकहरुले कडा शब्दमा आलोचना गरेका छन् । केहीले भने उनको यो सन्देशमा समर्थन समेत जनाएका छन् । तर, अधिकांशले आलोचना गरिरहेका छन् ।
आङकाजीका समर्थक उमेश भट्टराई लेख्छन्-‘आङकाजी शेर्पालाई साच्चिकै मानसिक रोग लागेको छ सरकारले केही गर्नुपर्यो । बीस हजार धरौटीमा रिहाई हैन देशबाट आङकाजी जस्तो ‘देशद्रोही’लाई बिदाई हुनुपर्यो नेपालमा एउटा यस्तो कानुन चाहियो कि यो आङकाजी जस्तो व्यक्तिलाई सिधै फाँसीको सजाय हुनुपर्यो आज मधेसीबाट मधेस लुटिएको छ पहाडीबाट पहाड लुटिएको छ । आज एउटा नेपालीले अर्को नेपालीलाई बाहुन शेर्पा मगर राई लिम्बू नेवार कामी दमाई सार्की सुनुवार गुरुङ तामाङ सबै जातिगत जालोमा हाल्दै छ्न । यो सबै साधरण जनताबाट छुट्टिएको भने हैन यो सबै आङकाजी जस्तो जनतालाई लडाएर खान पलकेका ले खोजेको राज्य हो आज तिमीलाई जाति छुट्टाउनु सजिलो छ । आङकाजी सेर्पा जी तर आज बिदेशमा भएका नेपाली जनतालाई हेर त्यहा एउटा रुममा हिमाली पहाडी तराई मधेसी कामी दमाई सार्की सेर्पा बाहुन तामाङ नेवार मगर सबै हुन्छन अब सोच तिमी के यहाँ सबैले तिमीले जस्तै जातीय छुट्याउनु थाले भने एउटा रुम भित्र कतिलाई राज्य र जाति मा बिभाजन गर्नु सकनु हुन्छ आङ काजी सर ?
राजेन्द्र रेग्मी लेख्छन्–‘यो फेरि भुक्न थाल्यो, भदौमा आँखा फुटेको गोरु जस्तो अस्ति टिकापुरमा २ बर्षीय बालक मरेको पनि देख्न सक्नुपर्छ समानता बादी नेताले ।’  अर्का समर्थक समिर अर्याल लेख्छन्-‘यो फेरि ‘बौलाहा’ भयो । लाज सरम नभएको ? यस्तोलाई सरकारमा राखनु कति सम्म गल्ती होला ।’
सागर गौतम लेख्छन्-‘देशमा बिध्वंश मच्चाउन खोज्दैछौ केही नेताहरू, नेपालको सरकारमा ब्राह्मण मात्र छैनन्, ब्राह्मण भन्दा ज्यादा अरु जाति र बर्गका को शंख्या ज्यादा छ । किन ब्राह्मणवाद भनी राको छौ ? देशमा हिंसा मच्चाउन किन खोज्दै छौ, देशद्रोहीहरु ? ब्राह्मण÷क्षेत्रीको त्यतिकै डाहा लाग्छ भने आँफूमा त्यो नेतृत्वको बिकास गर, न कि अरुको सामर्थ्यको बिरोध । जहाँसम्म यी दुई बालकका कुरा छ, देशमा अशान्ति मच्चाउदै आफ्ना सन्तानलाई गोलीको अगाडी ठेल्नेको कसरी सहयोग गर्नु ? सरकारसंग सहयोग माग्नेलाई न सहयोग गरिन्छ ।’
उनका समर्थकका यस्ता आलोचना र उनको यस्तो सन्देशले नेपाली समाजको सदभावलाई खलल पु¥याउने सामाजिक अगुवाहरुको ठहर छ । यस्तै, सन्देशहरु लेख्दै गए प्रहरीले फेरि उनलाई गिरफ्तार गर्न सक्ने अगुवाहरु बताउँछन् ।
यस्तो छ सामाजिक सञ्जाल फेसबुकमा लेखिएको सन्देश:
ang-kaji-statush