Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, September 15, 2015

संघीयतामा मुलुक गएपछि अनेक खालका आशंका

काठमाडौं, भदौ ३० । संघीयतामा मुलुक गएपछि अनेक खालका आशंका पनि गरिएको छ । एउटा प्रदेशको नागरिक अर्को प्रदेशमा जादा के हुन्छ ? उसले के कस्ता नियम पालना गर्नुपर्छ ? कतै पासपोर्ट पो बनाउन पर्ने होकी ? भन्ने खालका समेत आशंकहरु प्रशस्त मात्रामा उव्जीएका छन । तर नया बन्ने संविधानमा ती सबैआशंकाहरुलाई प्रष्टसंग हटाइएको छ ।
एउटा प्रदेशको नागरिक आफ्नो देशको जुनसुकै प्रदेशमा गएपनि उसले सो प्रदेशका नागरिकले पाउने सबैखाले सुविधा पाउने व्यवस्था संविधानमा गरिएको छ ।
संविधानको परिमार्जित बिद्येयकको धारा २३३को उपधारा उपधारा ३ मा एक प्रदेशले अर्को प्रदेशको बासिन्दालाई आफ्नो प्रदेशको कानुन बमोजिम समान सुरक्षा व्यववहार र सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । संविधानको धारा २३३ मा यस्तो व्यवस्था गरिएको छ ।
प्रदेश–प्रदेश बीचको सम्बन्ध:
(१) एक प्रदेशले अर्को प्रदेशको कानूनी व्यवस्था वा न्यायिक एवं प्रशासकीय निर्णय वा आदेशको कार्यान्वयनमा सहयोग गर्नु पर्नेछ ।
(२) एक प्रदेशले अर्को प्रदेशसँग साझा चासो, सरोकार र हितको विषयमा सूचना आदान प्रदान गर्न, परामर्श गर्न, आफ्नो कार्य र विधायनका बारेमा आपसमा समन्वय गर्न र आपसी सहयोग विस्तार गर्न सक्नेछ ।
(३) एक प्रदेशले अर्को प्रदेशको बासिन्दालाई आफ्नो प्रदेशको कानून बमोजिम समान सुरक्षा, व्यवहार र सुविधा उपलब्ध गराउनु पर्नेछ ।