Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, September 15, 2015

भतिजी पर्ने खोटाङकी एक युवतीसँंग शारीरिक सम्पर्क भएपछि हत्या

काठमाडौं: नाताले भतिजी पर्ने खोटाङकी एक युवतीसँंग शारीरिक सम्पर्क भएपछि जन्मिएको बच्चा मारेको अभियोगमा प्रहरीले कोटेश्वर बस्ने हीराधन राईलाई पक्राउ गरेको छ। 
 
खोटाङबाट पढ्न आएकी ती युवती र राई एउटै कोठामा बस्दै आएका थिए। उनीहरूबीच कोठामा सँगै बसेपछि शारीरिक सम्पर्कसमेत भयो। गर्भवती युवतीलाई छाडेर राई वैदेशिक रोजगारका लागि कतार गए।
 
युवतीले बच्चा जन्म दिइन्। दुई वर्षको छोरालाई पालनपोषण गर्दै आएकी ती युवती काममा जान्थिन्। आइतबार पनि बच्चा राईको जिम्मा लगाएर युवती काममा गईन्। साँझ घर फर्कंदा छोरा घाइते अवस्थामा देखेर राईलाई सोध्दा सुटकेसबाट लडेर घाइते भएको जबाफ दिए। उपचारका लागि दुईवर्षे बालकलाई मीनभवनस्थित सिभिल अस्पताल लगिए पनि सिभिलले वीर अस्पतालमा उपचारका लागि रिफर गर्‍यो। 
 
उपचारकै क्रममा बालकको मृत्यु भयो। युवतीले बालकको अस्वभाविक मृत्यु नभएर हत्या भएको किटानी जाहेरी दिइन्।महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी दानबहादुर कार्कीका अनुसार अनुसन्धानका क्रममा बालकको सुटकेसबाट खसेर घाइते नभएर राईले कुटपिट गरेको पत्ता लाग्यो। 
 
'बालकको मृत्यु हुनेबित्तिकै फरार राई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याउँदा त्यहाँ आएका उनलाई पक्राउ गरियो', डीएसपी कार्कीले भने। राईले बच्चालाई कुटपिट गरेको स्वीकार गरे। राईविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जानकारी कार्कीले दिए।