Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, September 21, 2015

एमाले सांसद राज कुमार गुप्ताको घरमा पेट्रल बम प्रहार

वीरगन्ज, ५ असोज । मधेसी दलका कार्यकर्ताले कर्फ्यू अवज्ञा गरेर प्रदर्शनका क्रममा सोमबार साँझ पर्सा क्षेत्र नम्बर–३ का एमाले सांसद राज कुमार गुप्ताको घरमा पेट्रल बम प्रहार गर्दै तोडफोड र आगजनी गरेका छन् ।
उनीहरुले वीरगन्ज श्रीपुरमा अवस्थित सांसद गुप्ताको घरमा प्रदर्शनकारीहरले तोडफोड र आगजनी गरेका हुन् ।
करिब ५०जनाको संख्यमा रहेका प्रदर्शनकारीहरुले शुरुमा सभासद गुप्ताको घरमा बाहिरबाट तीनवटा पेट्रोल बम प्रहार गरेका थिए ।
त्यसपछि उनीहरुले मेनगेट तोडेर घरभित्र प्रवेश गरी ना १५ प ९४८४ नम्बरको मोटरसाइकल, एलइडी टिभी , दुईवटा साइकल , सोफा , बच्चका खेलौना , दुर्इवटा साइकल लगायतका सामन बाहिर निकालेर आगजनी गरे । उनीहरुले घरका सजावटका सामनहरु पनि तोडफोड गरे ।
तोडफोड भएको खबर पाएर घटनास्थलमा प्रहरी पुगेलगत्तै प्रदर्शनकारीहरु फरार भएका थिए । उनीहरुलाई लखेटने क्रममा प्रहरीले तीन राउण्ड रबरको गोली र एक सेल अश्रू ग्याँस प्रहार गरेको थियो । त्यस्तै उनीहरुले नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवनमा पनि सोमबार साँझ तोडफोड गरेका छन् । वीरगन्जको मूर्ली बगैंचामा अवस्थित महासंघको भवनमा सोमबार साँझ ६ बजे तिर १५/२० जनाको संख्यामा गएका व्याक्तिहरुले तोडफोड गरेका हुन् ।
तोडफोडबाट भवनको झायालका सबै शिशाहरु फुटेका छन् । यस्तै उनीहरुले महासंघको साइनबोर्ड झिकेर आगजनी पनि गरेका छन्