Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, September 21, 2015

चन्द्र बहादुर डाँगीको शबलाई नेपाल पठाउन प्रयासरत

सन्दर्भ स्व. चन्द्र बहादुर डाँगी

कुनै लिखित सम्झौता विना आफ्नो भतिजा दोलख डाँगीसंग काठमाडौबाट प्रवेशाज्ञा नचाहिने बाटो (काठमान्डौ – मुम्वई – सिउल (द. कोरिया) – नादी (फिजी) – अपिया (पश्चिम सामोआ) भएर यहाँ २०१५ मार्चको मध्यतीर आईपुगे। दोलखका अनुसार नेपालबाट ल्याउने ६ महिना पछि सर्कस सकिन्छ अनि नेपालै फर्काउने दुईजनाको हवाई टिकट दिने, यहाँ बस्दा अवधीको भोजन निःशुल्क उपलब्ध गराउने र सो अवधीको रकम यू एस डलर २६,००० दिने मौखिक संझौता भएको हो। सो मौखिक संझौता गराउन पहल कदमी लिई छलफलमा सहभागी हुनेहरूमा ईटहरी निवासी थानेश्वर गुराँगाई, लमजुङ निवासी मैते गुरूङ, आईते गुरूङ र स्वयं दोलख थिए। सो वापत सर्कस मालिक ब्रुनो लोयाल (Bruno Loyale) ले १,००० डलर पकेट खर्च वापत पेश्की स्वरूप पठाईदिए अनि शुरू भयो उनीहरूको यात्रा। उनीहरु यहाँ आईपुगे पछि यहाँ आएको दुई महिना पछि मात्र २०१५ मे महिनाको मध्यतीर मेरो भेट उनीहरूसंग भएको हो। केहीसमय यहीं बसेर अगस्तको पहिलो हप्तामा सर्कस देखाउन अमेरिकन सामोआ तर्फ गएका थिए। सोही क्रममा चन्द्र बहादुर डाँगी विरामी भई निधन भयो। अनि अघिल्लो हप्ता स्व. डाँगीको शब यहाँ (पश्चिम सामोआ) ल्याई सुरक्षित राखिएको छ। सर्कस मालिक ब्रुनो शबलाई नेपाल पठाउन प्रयासरत छन। तर केही कठिनाईहरू अझैपनि छ सायद सबै प्रक्रिया मिलेमा अनि झन्झट नभएमा नेपाली समय अनुसार शनिवार (असोज ९ गते) राती ०९:५५ बजे हङकङबाट ड्रागन एयर मार्फत नेपाल आईपुग्नेछ। 


तर विडम्वना के छ भने सर्कस मालिकले मौखिक संझौता अनुसार रकम दिन आनाकानी गरिरहेका छन। हिजो उनीसंग दोलख र मैतेको साथमा मेरो कुरा भए अनुसार दोलखलाई फर्कने हवाई टिकट र पकेट खर्च १,००० डलर मात्र दिन सक्छु। किनभने मैले उनको ओखती उपचार वापत ७,८०० डलर खर्च गरेको छु। अनि मैले सर्कसबाट खास आम्दानीपनि गर्न सकेको छैन त्यसैले मैले गर्न सक्ने पनि यत्तिनै हो। म अरू केहि गर्न सक्दिन। तर दोलखले ओखती खर्च बापतको रकम कट्टा गरि बाँकी पाउनु पर्ने जिकिर गर्छन, जुन कुरो जायज पनि छ। यो कुरो हामी दुवै जनाले हिजो जोडदार रूपमा राख्‍दा आफू यस भन्दा बढी केही गर्न नसक्ने भन्छन। यो केशलाई अब प्रहरीमा र यहाँको सरकारलाई रिपोर्टिंग गर्छु भनेर दोलखले कडा रुपमा प्रस्तुत भए।

आज निज सर्कस मालिक ब्रुनोले मलाई एक ईमेल लेखि केही रकम बढाउन सक्ने तर्फ ईंगित गरेका छन अनि भेटका लागि समेत आमन्त्रण गरेका छन।

-Yogendra Dahal Chetri
https://www.facebook.com/ybchhetri?fref=ts