Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, September 21, 2015

नयाँ संविधान यथार्थ जानकारी गराउन नेपाली काँग्रेस जनतामा जाने

काठमाडौँ, ४ असोज / नयाँ संविधानमा भएका सबै विषयको यथार्थ जानकारी गराउन प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस जनतामा जाने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काँग्रेस केन्द्रीय समितिको बैठकले जारी भएको नयाँ संविधानका उपलब्धिलाई जनस्तरसम्म पु¥याउन सकेमात्र संविधानको कार्यान्वयन सफल हुने ठहर गरेको हो ।
काँग्रेसले संविधानका सकारात्मक उपलब्धि जनसमक्ष जानकारी गराउन सबै दलले पहल गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । असन्तुष्टका स्वर सुनिएका क्षेत्रमा संविधानका बारेमा यथार्थ बोध नभएको हुनसक्ने भन्दै काँग्रेसले संविधानमा भएका समावेशी हकअधिकारका बारेमा जानकारी गराउने निर्णय गरेको छ ।
काँग्रेसले सहमति, सहकार्य, एकता र मेलमिलापबाट समस्त असन्तुष्ट पक्षलाई पनि सम्बोधन गर्नका लागि पहल गर्ने र नेतृत्व लिने निर्णय गरेको छ । त्यस्तै बैठकले समग्र प्रक्रियाबाट अहिले पनि तराई मधेस तथा थारु समूहमा भएका असन्तुष्टिलाई अझै वार्ता र संवादबाट सहमतिमा ल्याउन सकिने निष्कर्ष निकालेको छ । साथै संविधान संशोधनमार्फत पनि कतिपय माग सम्बोधन गर्न सकिने र त्यसका लागि पहल गर्ने निर्णय गरेको छ ।