Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, September 21, 2015

ताप्लेजुङमा एम्वुलेन्स सहित तिनवटा गाडीमा तोडफोड

ताप्लेजुङ ५ असोज –ताप्लेजुङमा सोमवार राती एउटा एम्वुलेन्स सहित तिनवटा सवारी साधनमाथी
तोडफोड भएको छ । विरामी पु¥याएर पाचथर फिदिम वाट ताप्लेजुङ तर्फ आईरहेको नेपाल ग्रामिण सेवा मञ्चको मे १ च १९२६ नम्वरको एम्वुलेन्समा सोमवार राती तोडफोड भएको हो । ताप्लेजुङको दोखुमा पर्ने ल्याङ्वामा अज्ञात समुहद्धारा तोडफोड भएको वताईएको छ ।
तोडफोडबाट एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त हुनुका साथै गाडीका विभिन्न भागमा क्षति पुगेको संस्थाका अध्यक्ष दिनेश अधिकारीले वताएका छन् । यस्तै ताप्लेजुङ सदरमुकाम फुङ्लीङको माथिल्लो वैंकलाईनको रोडमा समेत दुई वटा जिपमा तोडफोड भएको छ । मे १ ज १९४६ र ना १ ज ३२१५ नम्वरको जिपमा तोडफोड भएको प्रहरी नायव उपरिक्षक शान्तिराज कोईरालाले जानकारी दिनुभयो ।
यि दुई वटा जिपका अघाडीका सिसा फुटेका छन् । यि दुईवटै जिप पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको हो । संघीय लिम्बुवान पार्टी नेपालले आवाहान गरेको बन्दकै समयमा गाडीमा तोडफोड भए पनि सो पाटीले तोडफोडको
घटनामा आफुहरुको कुनै संलग्नता नरहेको बताएको छ । संघीय लिम्बुवान पार्टी नेपालका जिल्ला उपाध्यक्ष ईन्द्र श्रेष्ठले बन्दको समयमा एम्बुलेन्स, प्रेस, शव वाहन, कुटनीतिक नियोगका सवारीसाधनलाई निर्बाधरुपमा सञ्चालन हुन दिएकाले तोडफोडमा आफ्नो पार्टीको सहभागिता नरहेको बताए ।
यता तोडफोडमा संलग्नको खोजी कार्य भईरहेको प्रनाउ कोईरालाले वताउनुभएको छ । यस्तै आईतवार देखिनै संघिय लिम्वुवान पाटी लगाएतका दलहरुले गरेको आमहड्तालका कारण ताप्लेजुङ सहित पुर्वि पहाडी जिल्लाको जनजिवन प्रभावित वनेको छ । ऐतिहासिक पृष्ठभुमी र पहिचानका आधारमा लिम्वुवान राज्यको माग गर्दै आमहड्तालको आव्हान गरिएको वताईएको छ ।