Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, September 19, 2015

क्रोएशियाबाट आप्रवासीहरु हंगेरीतर्फ

क्रोएशियाले आफ्नो देशमा रहेका आप्रवासी तथा शरणार्थीहरुलाई हंगेरीतर्फ पठाउन आरम्भ गरेको छ।
ती मानिसहरु रहेका बसहरुको पहिलो खेप सिमा क्षेत्रमा पुगेको छ भने तिनीहरुलाई हंगेरीयालीहरुले ठूलो प्रहरी तथा सैनिक उपस्थितिमा नयां बसहरुमा हालेर लगिरहेका छन्।
यसअघि क्रोएशियाले स्थिति आफ्नो नियन्त्रणभन्दा बाहिर पुगेकोले त्यस्तो कदम चाल्नु परेको बताएको थियो।
क्रोएशियाका प्रधानमन्त्री जोरान मिलानोभिचले आफ्नो देश आप्रवासीहरु थुप्रने स्थान हुन नसक्ने भन्दै त्यहां ओइरो लागेकाहरुलाई अगाडि बढ्न सघाउने बताए।
त्यहांबाट तिनीहरुलाई हंगेरीयालीले आफूहरुको बसमा चढाएर लगेका छन् तर तिनीहरुको आगामी गन्तव्य कता हुने हो त्यो स्पष्ट छैन।आप्रवासीहरु सवार कम्तीमा २० वटा बसहरु हंगेरीको सिमानामा लगिएको छ।
विवरणहरुका अनुसार क्रोएशियाबाट आएका आप्रवासीहरुलाई हंगेरी प्रवेश दिंदा त्यहां ठूलो संख्यामा सैनिक उपस्थिति थियो।
हंगेरीका प्रधानमन्त्री भिक्तोर ओर्बानले आफ्नो देशले क्रोएशियासंगको सिमानामा पनि धारिलो तारबार बनाउन शुरु गरेको यसअघि बताएका थिए।
उनले भने, "क्रोएशियाले आफ्नो असल र कमलो मन देखाएको छ, तर अब हामीले हाम्रा छिमेकी र युरोपेली संघलाई हामीसँग सोच्न सक्ने दिमाग पनि भएको देखाउनु छ। वर्तमान संकटको अवस्था हामीलाई हाम्रो चासो र सुरक्षाको हितमा के छ भनेर राम्ररी थहा छ।"
यो हप्ता केहL अघि हंगेरीले सर्वियासंगको सिमानामा तारबार लगाएपछि सर्वियाले आप्रवासीहरु क्रोएशियातर्फ पठाउन वाध्य भएको बताएको थियो।
गत दुई दिनमा उत्तरी युरोप जान खोज्ने झण्डै तेह्र हजार आप्रवासीहरु क्रोएशिया प्रवेश गरेपछि सो देशले सर्वियासंगको आफ्नो आठवटा मध्ये सातवटा सिमानाकालाई बन्द गरिदिएको छ।

क्रोएशियाको अर्को छिमेकी राष्ट्र स्लोभेनियाले सो देशले युरोपेली संघको नियमहरु उल्लंघन गरेको आरोप लगाएको छ।
युरोपेली संघको नियम अनुसार शरणार्थीहरुले आफू प्रवेश गरेको पहिलो देशमा शरणाका लागि निवेदन दिनुपर्छ।
तर थुप्रै आप्रवासीहरुले हंगेरी, क्रोएशिया र स्लोभेनिया जस्ता साना र तुलनात्मक रुपमा गरीब इयु राष्ट्रहरुमा शरणा नखोजेर जर्मनी र अष्ट्रियातर्फ जाने चाहना देखाउने गरेका छन्।
बाल्कन्स राज्यहरु भएर उत्तरतर्फ अघि बढिरहेका आप्रवासीहरुको ठूलो संख्याले युरोपेली संघमा संकट सिर्जना गरिदिएको छ।
ती मध्ये धेरै सिरिया, इराक र अफगानिस्तानमा जारी द्वन्ध बाट भागेकाहरु छन्।