Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, September 19, 2015

सऊदी एम्बेसी बाहिर बिरोध रयाली

 काठमाडौं, असोज ३, भारतको नयाँदिल्ली स्थित साउदी दूतावासका कर्मचारीले  दुई नेपाली महिलालाई तीन महिनादेखि याैन शाेषण गरेका कुरालाइ  लिएर भारतीय महिला पार्टी ले सऊदी एम्बेसी बाहिर बिरोध रयाली  प्रदर्शन गरेका छन| उनिहरुले दोषी लाइ भारत फर्काई सजाय दिन माग गरेका छन | सऊदी एम्बस्सीले सो आऱोप गलत भएको बयान दिएका छन |

भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीले यी दुई महिलालाई तीन महिनादेखि याैन शाेषण गरेका थिए । उनीहरुले आफ्नो सामूहिक बलात्कार भएको बयान दिएका थिए । दार्जिलिङ घर भएकी एक नेपाली भाषी युवतीले यी दुई महिलाको उद्धारमा मद्दत गरेकी थिइन् । उनीहरूलाई एक साताअघिमात्र दिल्लीबाट उद्धार गरी नेपाल ल्याइएको हो ।