Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, September 26, 2015

ताप्लेजुङ सदरमुकामको बजारहरुमा लामो समयदेखि बजार अनुगमन नहुँदा उपभोत्ताहरु मारमा

सन्तोष पुर्कुटी / ताप्लेजुङ, ९ असोज – ताप्लेजुङ सदरमुकामको फुङ्लीङ बजार लगाएत जिल्लाका अन्य ठुला बजारहरुमा लामो समयदेखि बजार अनुगमन नहुँदा उपभोत्ताहरु मारमा परेका छन् । बजार अनुगमन नहुँदा गुणस्तरहिन, म्याद सकिएका अखाद्य तथा पेय पदार्थ खुलेआम विक्रि हुने गरेको उपभोत्ताहरुको गुनासो छ ।
विशेष गरि जिल्लाको दोश्रो ठुलो बजार दोभान बजार, खाम्दिम्वे लगाएतका बजार क्षेत्रमा अनुगमन नहुँदा आफुहरु ठगिने गरेको स्थानिवासीको भनाई छ ।
ताप्लेजुङमा बजार अनुगमन नहुँदा उपभोत्ता ठगिदै
सामान्य लेख पढ भएकाले कतिपय खाद्य वस्तुको उपभोग्य मिति हेर्न सके पनि हेर्नै नजान्नेले तिनै म्याद नाघेका वस्तु प्रयोग गर्ने गरेको पाईएको छ । व्यापारीले समेत म्याद गुज्रेका सामान तिनै अनपढ सर्वसाधरणलाई मौका छोपेर वेच्ने गरेको कतिपयको भनाई छ । यस्तै दशंै तिहार जस्ता चाड पर्व नजिकिदै जादा किनमेल बढि हुने भएकाले आफुहरु थप ठगिने सम्भावना भएको समेत वढेको उपभोत्ताले वताएका छन् ।
कतिपय पसलहरुमा ढक तराजुको सट्टा अरुनै वस्तुको प्रयोग गर्ने र त्यस वाट समेत आफुहरु ठगिएको उनिहरुको गुनासो छ । अनुगमनकै अभावमा व्यापारीले आफखुसी मुल्यन तोक्ने गरेका छन् भने सदरमुकाम क्षेत्रमै अधिकांस पसलहरुमा मुल्य सुचिनै राखेको पाईदैन् । कतिपय होटलहरुमा चुल्होकै छेउमा पेय पदार्थहरु धुवाको मुस्लोमा गुम्सिएको पाईन्छन् भने खाने कुरा समेत वासी सडेगलेका वेच्ने गरेका छन् ।
यसरी खुलेआम अनियमितता हुँदा समेत सम्वन्धित निकाय मौन वसेको उपभोत्ताको आरोप छ । यता कहिले काही हुने गरेको वजार अनुगमन पनि सदरमुकाम केन्द्रित भएकाले गाँउ गाँउमा खोलिएका पसलहरुमा खुलेआमनै यस्ता अखाद्य, गुणस्तरहिन सामाग्री वेचविखन हुने गरेको स्थानियवासीको भनाई छ ।
यस्तै उद्योग वाणिज्य संघले भने आफुहरुकै पहलमा बजार मुल्य तोकिदिएको र सोही अनुसार विक्रि वितरण भएको दावी गरेको छ भने सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको वजार अनुगमन समितिले सदरमुकाम वाहेकका क्षेत्रमा वाक्लो रुपमा अनुगमन नभएको स्वीकार गर्दै वजार क्षेत्रमा आवस्यकता अनुसार अनुगमन हुदै आएको वताएको छ ।