Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, September 26, 2015

कुमारीलाई तलेजु मन्दिर दर्शन गराइयो

काठमाडौं, असोज ९ । इन्द्रजात्राको दोस्रो दिन शनिबार जीवित देवी कुमारीलाई तलेजु मन्दिर दर्शन गराइएको छ ।बाजागाजा सम्मिलितको टोलीले जीवित देवी कुमारीलाई मल्लकालीन दरबारको शक्तिपीठ दर्शन गराइएको हो ।इन्द्रजात्रा अवधिभर बसन्तपुरको कुमारी घरबाट ४ पटक जीवित देवी कुमारी विभिन्न ठाउँमा 
दर्शनका लागि निस्कनुपर्ने चलन छ ।
सोही क्रममा शुक्रबार कुमारीलाई रथमा राखेर तलेजु मन्दिर लगिएको इन्द्रजात्रा व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए ।
प्रत्येक वर्ष भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो ठड्याइएको भोलिपल्ट कुमारीलाई तलेजु मन्दिर दर्शन गराउनुपर्ने परम्परा छ ।
सोही दिन वर्षभरिमा दीवंगत आत्माको चीरशान्तिको कामना गरी स्थानीय बासिन्दाले नगर परिक्रमा गर्ने चलन छ । १८औं शताब्दीमा राजा गुणकाम देवले सुरु गराएको इन्द्रजात्रा पर्व प्रत्येक वर्ष मनाइँदै आएको छ ।