Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, September 24, 2015

नेपाली पासपोर्ट बोकेर विदेश जान्छन् भारतीय र बंगलादेशी

८ असोज, काठमाडौं । खाडी मुलुक कुबेतमा बंगलादेशी नागरिकलाई रोजगारीमा जान प्रतिबन्ध छ । तर, सयौं बंगलादेशी नागरिक त्यहाँ कार्यरत छन् । आफूहरु नेपाली भएको भन्दै झुक्याएर उनीहरु कुवेतमा काम गर्दै आएको छ ।
उनीहरुले नेपाली भनेर ढाँट्ने मात्र होइन नेपाली पासपोर्ट नै प्रयोग गर्दै आएका छन् । नेपालका पत्रपत्रिकामा पासपोर्ट हराएको भनेर हरेक दिन सूचना छापिन्छन । तर, ती पासपोर्ट हराएको नभई तीन लाख रुपैयाँभन्दा बढीमा खरिद बिक्री हुने गरेका छन् 
नेपाली पासपोर्ट बोकेर विदेश जान्छन् भारतीय र बंगलादेशी
नेपाली पासपोर्ट खरिद गरी सयौं बंगलादेशी कुबेतलगायतका खाडी देशका मार्यरत छन् । ती मध्इे एक हुन् मोहम्मद वोहार । जो यतिबेला महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
दुई वर्षअघि कतार गएका उनी कतारबाट कुबेत जानेक्रममा मोहम्मद वोहारबाट रामकुमार साह बने । मानव तस्करीमा संलग्न गिरोहले नेपाली नागरिक रामकुमार साहको पासपोर्टमा उनको फोटो टाँसिदिए र उनलाई कुबेत पठाए । दुई वर्षसम्म कुबेत बसेर गत महिना बंगलादेश र्फकदै थिए ।
कुवेतस्थित एयरपोर्टमा कुन देशबाट आएको भनेर अध्यागमनका कर्मचारीले सोध्दा उनले आफू बंगलादेशी भएको बताए । हातमा नेपाली पासपोर्ट देखेपछि शंकास्पद लागेर त्यहाँको अध्यागमनले नेपाल डिपोर्ट गरी पठाएका छन् । नेपालमा अध्यागमन विभागले अध्यागमन ऐनअनुसार उनलाई मुद्दा चलाएकोमा उनी धरौटी तिरेर छुटे । नेपाली पासपोर्टमा किर्ते गरेकाले विभागले थप अनुसन्धान र कारबाहीका लागि गत साता काठमाडौं परिसर पठाएको हो ।