Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, September 21, 2015

आन्दोलनकारी र प्रहरीबीच झापाको बिर्तामोडमा झडप

झापा, असोज ४ । आन्दोलनकारी र प्रहरीबीच सोमबार झापाको बिर्तामोडमा झडप भएको छ ।
मुक्तिचोकमा आन्दोलनकारीले टायर बालेर संविधान जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गर्नेक्रममा झडप भएको हो । झडपका क्रममा प्रहरीले हवाई फायर गरेको छ ।प्रहरीले तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी र संघीय लिम्बुवानका आकाश राईलाई पक्राउ गरेको छ ।