Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, August 20, 2015

नेपालले इन्धन कारोबार भारतीय आयल कर्पोरेशनबाट मात्रै गर्न पाउने


नेपालले इन्धन कारोबार भारतीय आयल कर्पोरेशनबाट मात्रै गर्न पाउने गरी अर्को राष्ट्रघाती सम्झौतामा नेपालले आइतबार हस्ताक्षर गर्दैछ ।
बहुप्रतिक्षित नेपाल–भारत पाइपलाइन विस्तारको औपचारिक सम्झौतासँगै नेपाल १५ वर्षसम्म भारतीय आयल कर्पोरेशन अन्तगर्त मात्रै इन्धन खरिद गर्न पाउने राष्ट्रघाती प्रावधान राखेर पाइपलाईनको सम्झौता गर्न लागेको हो ।
सम्झौता पछि भारतले आफ्नै पाइपलाइन नभएको रक्सौलदेखि नेपालको अमलेखगन्ज सम्मको नाम मात्रको पाइपलाई बनाउने सम्झौता गरी नेपालको एक खर्ब भन्दा बढी मूल्यको इन्धन कारोबारमा एकाधिकार कायम गर्नेछ ।