Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, August 22, 2015

बन्दले राजधानीमा प्रभाव


काठमाडौ, भदौ ६ । आदीबासी जनजाती महासंघले आइतबार(आज) नेपाल बन्दको आह्वान गरेको छ ।
संविधानमा पहिचानसहितको संघीय संविधानको माग गर्दै प्रदेशको सिमाङ्कन र नामांकनको बिरोधमा आदीबासी जनजाती महासंघले बन्दको आह्वान गरेको हो ।बन्दको कारण धादिङ, चितवन, कास्की, तनहुँ, नवलपरासी, रुपन्देही, मोरङ, सुनसरी, झापालगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।काठमाडौंमा भने बन्दको आंशिक प्रभाव परेको छ । बन्दलाई संघीय समाजवादी फोरमले पनि समर्थन जनाएको छ ।
बन्द गराउँदै हिडेका केही बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरुण पूर्णका नौ जिल्ला भने बन्दको दोहोरो मारमा परेका छन् ।आफूहरुसँगको सहमति कार्यान्वयन नगरी पहिचान बिनाको प्रदेश निर्माण गरिएको भन्दै संघिय लिम्वुवान पार्टी नेपालले पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको हो ।बन्दको दोहोरो मारमा सुनसरी, मोरङ, झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा जिल्ला परेका हुन् । थारु संघर्ष समितिको बन्दका कारण पश्चिमी जिल्ला पनि बन्दको दोहोरो मारमा छन् ।