Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, August 22, 2015

गाई र भैंसीमा कृत्रिम गर्भाधान : कृषकको सङ्ख्या बढ्दो


रामपुर(पाल्पा), ६ भदौ । गाईभंैसीमा कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढ्दो छ । जिल्लाका १६ स्थानबाट दिइएको सेवाबाट गाई र भैंसीमा कृत्रिम गर्भाधान गर्ने कृषकको सङ्ख्या बढेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । जिल्लामा आव २०४२÷०४३ सालदेखि पशुमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । आव २०७०÷०७१ को तथ्याङ्कअनुसार भैंसी एक हजार ४३, गाई एक हजार चार सय ८३ र बाख्रा एक सय २६ छ भने ०७१÷०७२ मा भंैसी एक हजार एक सय ७४, गाई एक हजार छ सय ४२ र बाख्रा २४ वटामा कृत्रिम गर्भाधान सेवा दिइएको जिल्ला पशु सेवा कार्यालयका पशुचिकित्सक डा उत्तम आचार्यले बताउनुभयो ।कृत्रिम गर्भाधान गराइएका गाईभंैसीको दूधको उत्पादन पनि बढेको पाइएको छ ।