Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, October 24, 2015

कर्णालीमा डुङ्गा पल्टिँदा महिलाको मुत्यु

दैलेख:  ल्याटिबिन्द्रासैनी गाविसको पाल्तडा देखि आधा घन्टा माथि कर्णाली नदी हुँदै अछामबाट दैलेखतिर आउँदै गरेको डुङ्गा पल्टिँदा एक महिलाको ज्यान गएको छ । 
 
शनिबार डुङ्गा पल्टिँदा दुई महिला बगेका थिए । एक महिलाको उद्धारसकुशल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पुस्करबहादुर चन्दले बताए ।  
 
कर्णालीले बगाएर ल्याटिबिन्द्रासैनीका ४५ वर्षीया रुपा शाही मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । 
 
त्यस्तै उद्धार हुनेमा ल्याटिबिन्द्रासैनीकै अमृता शाही हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 
 
पाल्तडा प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक लोकबहादुर बुढाको नेतृत्वमा डुङ्गा दुर्घटनामा हराएकी महिलाको शव पत्ता लगाएका थिए । उक्त डुङ्गामा तीनजना सवार थिए । डुङ्गा चालक भैरवस्थान काभ्रे अछामका टेकबहादुर बुढाले दुवै महिलालाई बचाउन खोज्दा एकजना बेपत्ता भई मृत अवस्थामा फेला परेको उनले बताए । 
 
प्रहरीले अछामबाट कर्णाली तरेर डुङ्गा बगर नजिक रोक्न लाग्दा दुर्घटना भएको बताए ।