Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, October 14, 2015

कुवेतबाट २१ सय केडी र २० ग्राम सुन लिएर नेपाली महिला फरार

        असोज २८, २०७२ वैदेशिक रोजगारीका लागि घरबाट निस्केदेखि नै ठगिने गरेका नेपाली श्रमिकहरु प्रवाशमा आफ्नै सहकर्मीहरुबाट ठगिने गरेका घटनाहरु पनि दिन प्रति दिन बढ्दै छन । यस अघि पटक पटक घरेलु कामदारलाई ललाइ फकाइ घरबाट भगाई उनीहरुसँग देखावटी माया प्रेमको नाटक गरी शारीरिक शोषण तथा आर्थिक शोषण गरेका घटना त हामी सबैले देखे सुनेकै हौं तर एकै कम्पनीमा सँगै काम गर्ने सहकर्मीलाई ठगी गरेका खबरहरु भने यदा कदा सुन्नमा आउने गरेका छन ।
                   यसै बिच  प्राप्त नया जानकारी अनुसार कुवेतको नेश्नल क्लिनिङ कम्पनीमा कार्यरत भई फरवानिया क्याम्पमा बस्न च्याङली–६ गोरखा घर भएकी पासपोर्ट नं.०६१९४१९८ की सीता खत्री ले सोही कम्पनीमा काम गर्ने सहकर्मीहरुको ७ लाख नेपाली रुपैया भन्दा बढी रकम र सुन सहित कुम्ल्याएर कुवेतबाट फरार भएकी छिन् ।
                  विगत २ वर्ष देखि सहकर्मी साथीहरुको मासिक तलबलाई व्याजमा लगाइदिने बहानामा साथीहरुका पैसा फुत्काउने गरेकी सीताले बेला बेलामा साँवा व्याज बुझाउँदै पुनः पैसा लिँदै आएकोमा पछिल्लो पटक भने आफ्ना सहकर्मी साथीहरुको २१ सय कुवेती दिनार र २० ग्राम सुन लिएर सुटुक्क नेपाल गएको खबर पीडितहरुले दिएका छन । 
                 उनी सँगै एकै कम्पनीमा काम गर्ने पीडित सहकर्मीले बताए अनुसार सहकर्मी साथीहरु सुश्मा सापकोटाको १३ सय केडी र २० ग्राम सुन, सुनीता सार्कीको ४३५ केडी, बिमला खड्काको १५० केडी र माया लिम्बुको २०० केडि सहित करिब २१ सय केडी लिएर कुवेतबाट फरार भएकी हुन । 
                  पैसा लिएर केहि दिन देखि  उनी वेपत्ता भएपछि खोज तलास सोधपुछ गर्दा उनी नेपाल पुगेको पत्ता लागेको पीडितहरुले बताए । नेपालमा सम्पर्क गर्न खोज्दा भाइवर, इमो, फेसबुक सबै ब्लक भएकोले सम्पर्क हुन नसकेको पीडितहरु बताउँछन ।
                 प्राप्त जानकारी अनुसार उनी कुवेतमै छँदा दुवइको लागि भिसा प्रोसेस गरिरहेको र दुवइको भिसा झिर्ने बित्तीकै कुवेतबाट भागेर नेपाल गई दुवइ तिर लागेको अपुष्ट जानकरी पीडितहरुले दिए । दशकौ देखि कुवेतमा काम गर्दै आएका सहकर्मी समेत ठगिएको यस घटनामा आफ्नै कम्पनीकी सहकर्मी साथी त्यसमा पनि महिला र नेपाली नै भएकाले पुर्ण भरोसामा बैंकमा राखे जस्तै गरि साथीहरुले उनीलाई व्याज आउने आसामा कम्पनीको तलब तथा अन्यत्र पार्टटाइमबाट कमाएको पैसा दिने गरेको बताउँछन । बर्षौदेखि कमाएको पैसा सहकर्मीले ठगेर भागे पछि पीडितहरु चिन्तामा डुबेका छन भने असुलीका लागि के प्रकृया अपनाउने भन्नेमा दोधारमा रहेको बुझिएको छ ।
                 यस बारेमा नेपाली दूतावास कुवेतका द्धित्तीय सचिव अम्बिका जोशी सँग सोधनी गर्दा दूतावासमा यस विषयमा कुनै उजुरी नपरेको कोसेली न्युजलाई बताउनु भयो भने श्रमिकहरुका समस्या निराकरणका लागि खटिएकी श्रम सहचारी गोमा ढकालसँग सम्पर्क गर्न खोज्दा वहाँसँग सम्पर्क हुन सकेन ।