Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, September 28, 2015

नाकाबंदीले मधेश नै बढ़ी प्रभाबित

काठमाण्डौ १२, २०७२ बजारमा दैनिक उपभोगका वस्तुहरुको हाहाकार छ भने विपन्नहरुलाई छाक टार्न समस्या भएपछि केही संघसंस्थाले खाद्यान्न वितरण सुरु गरेका छन्।
पेट्रोलियम पदार्थको कालोबजारी सुरु भएको अनि खाद्य सामाग्रीको मुल्य अकासिएको छ।
दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुलाइ लामो आमहडतालले छाक टार्न समस्या भएको छ।बिहान र बेलुका खाद्यान्न वितरण गरिने स्थानहरुमा भीड लाग्न थालेको छ।काम बन्द भएपछि भोकभोकैको अवस्था आएको स्थानीय वासिन्दा बताउँछन्।खाद्य सामग्री बितरणमा सक्रिय जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुबनारायण यादवले ग्रामीण भेगबाट चामल ल्याएर वितरण गरिरहेको बताए।विभिन्न निकायहरुबाट खाद्य सामग्री संकलन गरी केहि संघसंस्थाहरुले बितरण गर्न थालेका छन्।"अहिले निम्न वर्गका मानिसलाई हामीले केही राहत वितरण गरेर उनीहरुको ज्यान जोगाउनको लागि यो कार्यक्रम सुरु गरेका छौं," उनले भने।

विपन्नहरुका लागि भोजन शिविर सञ्चालन गर्न आन्दोलनरत दलहरुले विज्ञप्ति जारी गरि आह्वान गरेका छन्।उनले भने, "झन्डै ४६ दिनदेखि वीरगंज बाहिरका कोशी पूर्वका ग्यासहरु यहाँ आइरहेका छैनन्। मागको १० प्रतिशत भएको स्टक आजभन्दा १०/१५ दिन पूर्व नै समाप्त भइसकेको छ। व्यवसायी कुटिने दिन आइसकेको छ।"बजारमा ग्यास आपूर्ति नभएको डेढ महिना भइसकेको जनकपुर अञ्चल ग्यास ब्यवसायी संघका अध्यक्ष मनोजकुमार चौधरीले जनाए।

पेट्रोलियम पदार्थको लामो समयदेखि अभाव भएपछि कालोबजारी सुरु भएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएशनका पूर्व उपाध्यक्ष रघुनाथप्रसाद साहले जनाए।उनले भने, "कोशीदेखि बाग्मतीसम्मको जनताले ३०० रुपैँया प्रति लिटर तिर्न वाध्य भइरहेको छ। जुन तेल भारतीयबाट कालो बजारी गर्नेले जर्कीनमा लिएर आउँछन्।"
तराईमा आमहडतालसँगै भन्सारमा नाकाबन्दी गरिएको छ।