Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, August 20, 2015

स्वामी प्रपन्नाचार्यको (काले राई) ९३ वर्षको उमेरमा निधन भएको छ

काठमाडौं, भदौ ४ । स्वामी प्रपन्नाचार्यको ९३ वर्षको उमेरमा निधन भएको छ । पशुपतिको मृगस्थलीमा बस्दै आएका प्रपन्नाचार्यको शुक्रबार बिहान साढे ३ बजे निधन भएको हो ।
विसं.१९७९ सालमा पाँचथरको फिदिममा जन्मिएका प्रपन्नाचार्य लामो समयदेखि फोक्सोको संक्रमण र श्वासप्रश्वास रोगका कारण पीडित थिए । ३० वर्षको उमेरमा पढ्न शुरु गरेका स्वामी प्रपन्नाचार्यले हिन्दू धर्मसम्बन्धी धेरै किताव लेखेका छन् ।
उनी वेदको ज्ञातासमेत थिए । उनको वास्तविक नाम काले राई भए पनि उनलाई सबैले स्वामी प्रपन्नाचार्यको नामले चिन्दछन् ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि शुक्रबार पशुपतिको मृगस्थलीमै राखिने भएको छ ।