Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, September 28, 2015

राजनितिक विशलेषक सिके लालले भने:आन्दोलन तब सम्म गर्नोस जव सम्म सम्पुर्ण नेपाल र काठमान्डौमा पनि मधेसीको कब्जा होस|

आश्विन ११ | जनकपुरमा खचाखच उपस्थितका बिच आन्दोलनकारीलाई चर्चित राजनितिक विशलेषक सिके लालले  भने– आन्दोलन अलग मधेसका लागि होइन र मात्र मधेसका लागि पनि होइन, यो तब सम्म गर्नोस जव सम्म सम्पुर्ण नेपाल र काठमान्डौमा पनि मधेसीको कब्जा नहोस । उनले यो पनि भने– भारतलाई आँखा चिम्लेर विश्वास नगरौं, २०११ देखि अहिले सम्म राज्य र मधेसी बिच तिन तिन पटक आफ्नै सक्रियतामा आफै साक्षी बसेर सम्झौता गराएका हाम्रा छिमेकी  ती सम्झौता कार्यान्वयन गराउन किन सकेनन, त्यसैले यो पनि उस्को लागि अन्तिम इज्जतको लडाई हो, यसमा उस्को इज्जत बचाँउ तर धोकाहुने तिर पनि सचेत रहौं । उनले भने–आठ कलास पास ओली र १० कलास सम्म पढेका बामदेवले मधेसीकोे मांग केहो बुझन नसक्नु उनको कम पढाइ लेखाई र अयोग्यताकै प्रमाण हो । किनकी मधेसीको मांग के हो भन्ने कुरा म २५ वर्ष देखि लेख्दै आएको छु । ओली र गौतमलाई मधेसीसंग गरिएका सम्झौता कसैसंग पढाएर बुझन आग्रह गरे |