Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, August 31, 2015

राजेन्द्र महत्तोले आन्दोलन झन् चर्काउने चेतावनी दिए



वीरगन्ज, भदौ १५ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले सरकारले तराईको आन्दोलनमा दमन जारी राखे आन्दोलन झन् चर्काउने चेतावनी दिएका छन  ।
मंगलबार नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जमा सोमबार प्रहरीको गोली लागेर मृत्यु भएका दीलिप चौरसियाको परिवारलाई भेट गर्दै महतोले सरकारले तत्काल आफ्नो व्यवहार नधुसारे वार्ता समेत नहुने बताएका छन् ।
उनले मधेशका सबै जनता सडकमा ओर्लने र त्यसलाई सरकारले रोक्न नसक्ने समेत चेतावनी दिए ।
उनीसंगै रहेका उपाध्यक्ष लक्ष्मणलाल कर्णले मृतक चौरसियालाई शहीद घोषणा र क्षतिपूर्तिको पहल भईसकेको जानकारी दिए ।