Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, August 29, 2015

आज गाईजात्रा पर्व मुलुकका विभिन्न शहरमा मनाईदै

काठमाडौं, भदौ १३ । आइतबार(आज) भाद्र कृष्ण प्रतिपदा, काठमाडांै उपत्यकालगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाईदै छ ।
गाईजात्रा नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो । यस पर्वमा वर्र्षभरी दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।
justify;">यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
शहरमा गाई पाल्नेहरुले भने साच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरि रंगी बिरंगी कपडा, मुखुण्डो, पेरुङाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।
नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतीप्रति व्यंग्य गरेर पनि यस पर्व मनाउन थालिएको छ ।
काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि, रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्‍यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।
काठमाडौं उपत्यकालगायत मूख्य रुपमा नेवार समुदायको बाक्लो वस्ती रहेका शहरहरु बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा र पोखरा, तानसेनमा पनि यो पर्व मनाइन्छ ।
उता, भक्तपुरमा निकालिने गाईजात्राको भने छुट्टै रौनक र आकर्षण छ । त्यहाँ आइतबारदेखि आठ दिनसम्म यो पर्व चल्दछ ।
भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरुको ‘साँचा’ अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ‘ताहामच्चा’ अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गर्ने चलन छ ।
त्यहाँको घिन्ताङकिसी र माँक प्याखँ अर्थात् बाँदर नाच अर्को विशेषता हो ।