Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, August 10, 2015

सुनसरीका ११ गाविसमा हजारौं विघा जमिन अतिक्रमण

काठमाडौं । सुनसरीका ११ गाविसमा हजारौं विघा जमिन अतिक्रमण गरी भारतले बस्ती बसाएको छ ।नेपालतर्फको भूभाग अतिक्रमण गरी भारत पक्षले बस्ती बसाएपछि सुनसरीबासीले अतिक्रमित नेपाली भूभाग खाली गर्न माग गरेका गरेका छन् । भारतको बिहार राज्य अन्तर्गत सिमाना जोडिएको सुनसरीका हरिपुर, श्रीपुर लौकही, नरसिंह, वसन्तपुर, घुस्की, देवानगन्ज, कप्तानगन्ज, साहेबगन्ज, राजगन्ज सिनुवारी र आमडुवा गाविसको जमित अतिक्रमण गरी भारतले बस्ती बसाएकोे छ । भारतले दशगजा क्षेत्र र नेपालतर्फको भूभाग अतिक्रमण गरी बसोबास बसाउँदासमेत स्थानीय प्रशासन बेखबर बनेको छ ।  आजको अन्नपूर्ण पोष्ट दैनिमकमा खबर रहेकाे छ ।