प्रधानमन्त्री केपीशर्मा ओलीले मुलुक पहिलेदेखि नै एकतर्फी परनिर्भर भएकाले तत्काल बैकल्पिक व्यवस्था गर्न नसकिएको बताउनुभएको छ । अत्यावश्यक वस्तुको सहज आपूर्ति व्यवस्था गर्न प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाउन गएका संयुक्त विद्यार्थी संगठनहरुको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले भौगोलिकताको कारण नेपाल पहिलेदेखि नै एकतर्फी परनिर्भर भएकाले संकट परेको अवस्थामा तत्काल बैकल्पिक व्यवस्था नभएको बताउनुभएको हो । उहाँले २१ औ शताब्दीमा पनि नेपालले अन्तराष्ट्रिय पारवहान सन्धीको उपयोगको लागि चित्त बुझ्दो न्याय नपाएको टिप्पणी गर्नुभयो । भारतीय नाकाबन्दी तर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले नेपाल सार्वभौमसत्ता र स्वतन्त्र राष्ट्र भएको र नेपाली जनता स्वाभिमान भएको भन्दै कमजोर हुनुको अर्थ थिचोमिचोमा पर्नुपर्छ भन्ने नभएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले नेपाली जनताले गल्ति गरेका कारण बर्तमान अवस्थाको सृजना नभएको स्पष्ट पाुर्नभयो । अहिलेको कठिन अवस्था निकट भबिष्यमै हट्ने भन्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले देखाएको देशभक्तिको प्रशंसा गर्नुभयो । संयुक्त विद्यार्थी संगठनले तत्काल अत्यावश्यक बस्तुहरुको सहज आपूर्ति गर्नुपर्ने,भारतले लगाएको नाकाबन्दी हटाउन तत्काल पहल गर्नुपर्ने र अभावको बेला भईरहेको व्यापक कालोबजारी नियन्त्रण गर्नुपर्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
Taja Samachar Nepal
News
Tuesday, October 20, 2015
नेपालीहरु स्वाभिमान हुन्,स्वाभिमान रहन्छन्ःप्रधानमन्त्री
काठमाडौ,३ कार्तिक ।