काठमाडौं, भदौ २६ । मधेशी मोर्चाको आन्दोलनका कारण शनिबार पनि जनकपुर बिहानैदेखि तनावग्रस्त छ । शुक्रबार मोर्चाको आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएपछि जनकपुर अशान्त रहेको हो ।जनकपुरमा कर्फ्यु कायमै छ । महोत्तरीमा पनि शुक्रबार दुई जनाको मृत्यु र एक गम्भिर घाइते भएकाले स्थिति असामान्य छ । कर्फ्यु कायमै छ भने सेनाको
बीरगञ्ज, कैलालीको धनगढी र टीकापुरमा पनि कर्फ्यु जारी नै छ । संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द गत साउन २९ गतेबाट जारी छ ।मोर्चाको बन्दका कारण मध्य तराईका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको छ ।त्यस्तै थरुहट संघर्ष समितिको गत साउन २६ गतेदेखि जारी आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङलगायतका जिल्ला प्रभावित रहेका छन् ।